site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एम्बाप्पे र हालान्डको उत्कृष्टता चर्चा 
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्व फुटबलमा अहिले युवा स्टार खेलाडी केलियन एम्बाप्पेको सिजनको सुरूआत देखिनै उत्कृष्ट बनेका दुबै खेलाडीहरु अहिले चर्चाको विषयमा छन् । युरोपियन फुटबल क्लबहरु दुबै खेलाडीलाई अनुबन्धन गर्ने योजनामा छन् ।

एम्बाप्पेले हात फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा सफल फुटबल जीवन विताई रहेका छन् । हालान्ड भने भर्खरै मात्र जर्मन क्लब बोरूसिया डर्टमण्डमा आएका हुन् । तुलनात्मक रुपमा पछिल्लो समय हालान्ड उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हालान्ड र एम्बाप्पेलाई विश्व फुटबलमा पछिल्लो समय स्थापित हुन सक्ने खेलाडीको रुपमा हेरिएको छ । दुबै खेलाडीले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको युगपछि उनीहरु उत्कृष्ट हुने अपेक्षा गरिएको छ ।

एम्बाप्पे

फ्रान्सेली विश्वकप विजेता एम्बाप्पे यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पीएसजीका लागि उनी हाल महत्वपूर्ण खेलाडीको रुपमा रहेका छन् । एम्बाप्पेले लिग वानमा २० खेल खेल्दै यो सिजन १८ गोल गरेका छन् भने ५ असिस्ट गरेका छन् ।

Global Ime bank

च्याम्पियन्स लिगमा ७ खेल खेलेका उनले ५ गोल गरेका छन् । त्यस्तै फ्रेन्च कपमा भने २ खेल खेलेर ४ गोल गरेका छन् । त्यस्तै कोपा डी ला लिगमा तीन खेल खेल्दै २ गोल गरेका छन् ।

हालान्ड

यो सिजन हालान्डले एम्बाप्पे भन्दा कम खेल खेलेका छन् । हालान्डले एम्बाप्पे भन्दा कम खेल खेलेपनि गोलको तुलनामा राम्रो गोल गरेका छन् । उनले च्याम्पियन्स लिगमा १० गोल गरेका छन् । उनले साल्जबर्गबाट ८ गोल गरेका हुन् भने डर्टमण्डबाट २ गोल गरेका हुन् ।

हालान्डले बुन्डेस लिगामा ८ खेल खेल्दै ९ गोल गरेका छन् । भने एक असिस्ट पनि गरेका छन् । भर्खरै मात्र डर्टमण्ड आएका उनले उत्कृष्ट प्रदर्शन गरि रहेका छन् । हालान्डले डीएफ ए कपमा १ खेल खेलेर एक गोल गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC