site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘बार्सिलोनामा ग्रिजमन र काउटिन्हो उस्तै’
Sarbottam CementSarbottam Cement

एजेन्सी । बार्सिलोनाका पूर्व खेलाडी रिभाल्डोले बार्सिलोनामा एन्टोनी ग्रिजमनको पहिलो सिजन फिलिप्पे काउटिन्होको जस्तै भएको प्रतिक्रिया दिएका छन् ।

उनले क्याम्पनाउमा ग्रिजमनको सिजनले काउटिन्हो सम्झाएको बताएका हुन् । फ्रान्सेली विश्वकप विजेता ग्रिजमनले बार्सिलोनामा आफ्नो पहिलो सिजनका ३७ खेल खेल्दा मात्र १४ गोल गरेका छन् । तर, ठूलो मूल्यमा अनुबन्ध गर्दाको अपेक्षा अनुसारको प्रदर्शन नभएको रिभाल्डोले बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“ग्रिजमनको पहिलो सिजनले मलाई काउटिन्होको सम्झना दिलाएको छ । दुवै खेलाडी बार्सिलोना पुग्नु पहिले उत्कृष्ट फुटबल खेलिरहेका थिए । तर, त्यो प्रभाव बार्सिलोना पुगेर जमाउन सकेनन् ।” रिभाल्डोले भने, “मलाई लाग्छ ग्रिजमनले टोलीलाई उपाधि दिलाउन आफूलाई खेलमा धेरै समर्पित गर्नुपर्ने देखिन्छ ।”

लोनमा जर्मन क्लब बार्यन म्युनिख जानुपूर्व काउटिन्होले बार्सिलोनामा पूर्ण रूपमा एक सिजन बिताए । उनी सन् २०१७–१८ को सिजनको मध्यतिर इंग्लिस क्लब लिभरपुलबाट स्पेनिस क्लब बार्सिलोना पुगेका थिए । 
उनले बार्सिलोनामा पहिलो सिजनका २२ खेल खेल्दा १० गोल गरेका थिए । तर, पछिल्लो सिजनका ५४ खेलमा मात्र ११ गोल गरेका थिए । हाल बुन्डेसलिगाका ३२ खेलमा ९ गोल गरेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC