site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आईपीएल रद्द गर्न भारत सरकारको आग्रह
Ghorahi CementGhorahi Cement

एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) रद्द गर्न भारत सरकारले इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई आग्रह गरेको छ ।

विश्वमा फैलिएको कोरोना भाइरसको प्रभावलाई ध्यानमा राख्दै आईपीएल रद्द गर्न भारतिय सरकारले आग्रह गरेको जनाएको छ । 

Agni Group

प्रतियोगिता यसअघि मार्च २९ बाट सुरु हुने तय भएको थियो । तर, भारत सरकारले १५ अप्रिलसम्म कुनै पनि विदेशी खेलाडीलाई भारत प्रस्थानमा रोक लगाएपछि प्रतियोगिता सरेको थियो । 

अप्रिल १५ पछि पनि प्रतियोगिता आयोजना गर्दा विदेशी खेलाडीको आगमनले परिस्थिति खतरा बन्नसक्ने भन्दै भारतीय सरकाले यस्तो आग्रह गरेको हो । 

Global Ime bank

आईपीएल आयोजकले यस बारेमा छलफल भइरहेको बताएको छ । १३ औं संस्करणको आईपीएल रद्द गर्ने नगर्ने विषयमा शनिबार बैठक बस्नेछ । शनिबार बस्ने बैठकमा भारतिय क्रिकेट प्रमुख र प्रायोजकबीच छलफल हुने जनाएको छ ।

आईपीएल विश्वकै सब भन्दा चर्चित फ्रेन्चाइज टी–ट्वान्टी प्रतियोगिता हो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC