site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 कोरोना भाइरसका त्रासकाबीच  कैदीलाई रिहा गर्न माग गर्ने  अभियानकर्ता पक्राउ
Ghorahi CementGhorahi Cement

कायरो । कोरोना भाइरसको त्रासका बीच कैदीहरुलाई रिहा गर्न माग गर्ने अभियानकर्तालाई इजिप्टमा पक्राउ गरिएको छ । 

इजिप्ट प्रहरीले गलत सूचना फैलाएको र मुलुकको आन्दोलन प्रतिबन्धको नियम उल्लंघन गरेको आरोपमा चारजना महिलाहरुलाई बुधबार नियन्त्रणमा लिइएको हो । उनीहरुले बुधबार क्याबिनेट भवनबाहिर जम्मा भएर कैदीहरुको रिहाको माग गरेका थिए । 

Agni Group

पक्राउ पर्नेमा मोना सिइफ, प्रोफेसर लाइला सउफ, उपन्यासकार अदाफ सउफ र प्रोफेसर रबाब अल-महदी रहेका छन् । 

विश्‍व स्वास्थ्य संकट उत्पन्‍न भइरहेका बेला इजिप्ट सरकार विरोधी आवाजहरुलाई दबाउन विभिन्‍न प्रयासहरु गरेको छ । जसअन्तर्गत कोरोना भाइरसको संक्रमणको त्रास बढ्ने जेलहरुबाट कैदीको रिहाइ गर्ने अभियानकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

Global Ime bank

मोना सिइफले उनको फोन प्रहरीले जफत गर्नुअघि फेसबुक लाइभमार्फत भनेकी छन्, "हामी जेलमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गम्भीर कदम चाल्‍न माग गर्दै क्याबिनेट भवन बाहिर उभिएका थियौं । राम्रो समय हुँदा पनि इजिप्टका जेलहरुमा विभिन्‍न रोगको संक्रमण हुने गरेको छ । अहिले उक्त जोखिम बढ्ने र संक्रमण फैलिने सम्भावना बढेको छ ।"

पक्राउ परेकाहरुलाई आफन्तसँग पनि भेट गर्न दिइएको छैन । - अलजजिरा 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  ०९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC