विशेष
काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यले आफ्ना ४० मिलियन नागरिकलाई घरमै बस्न आदेश दिएको छ । कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि यस्तो निर्णय गरिएको सीएनएनले जनाएको छ ।
क्यालिफोर्नियामा अहिलेसम्म ९१० जना कोरोना संक्रमित देखिएका छन् भने १९ जनाको मृत्यु भएको छ । न्युयोर्कमा पाँचहजार बढी कोरोना संक्रमित छन् । वासिङटनमा अहिलेसम्म १३७८ जनामा कोरोना संक्रमण देखिएको छ ।
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले अत्यावश्यक कामका लागिबाहेक घरबाट बाहिर ननिस्कन भनेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६ ०८:०९
प्रतिक्रिया दिनुहोस्