site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
संक्रमकहरुको सङ्ख्या बढेपछि सुनसान देखिए भारतीय सहर
Sarbottam CementSarbottam Cement

बीबीसी । नयाँ कोरोना भाइरसको संक्रमण तेजीसाथ फैलँदै गएपछि विश्वको दोस्रो ठूलो जनसङ्ख्या भएको देश, भारतका सहरहरु सुनसान देखिन थालेका छन् । अरुबेला ठूलो भीडभाड र होहल्ला हुने सहरहरुमा अहिले जनता घर भित्र बस्नथालेपछि ट्राफिक समेत अत्यन्तै न्युन छ भने विवाह लगायतका भव्यतापूर्वक मनाइने समारोह पारिवारिक भेटमा सिमित भएका छन् । 

बिहिबारसम्म भारतमा १५१ जना संक्रमित छन् भने तीनजनाको मृत्यु भइसकेको छ । तर स्वास्थ्यविद्हरुले परीक्षण सामग्रीको अभावमा सिमित मानिसहरुमा मात्र टेस्ट गरिएको र धेरैले लक्षणबारे खुलेर रिपोर्ट नगरि रहेकाले संक्रमितको सङ्ख्या यति थोरै भएको हुन सक्ने भनि चिन्ता व्यक्त गरिरहेका छन् । भारतले अहिलेसम्म १२ हजार जनामा परीक्षण गराएको छ । यस्तोमा कोरोना संक्रमण सामुदायिक रुपमा कुन स्तरले फैलिरहेको छ भन्ने स्पष्ट भएको छैन । यता भारतको केन्द्रिय सरकार, प्रदेश सरकार र सहरी प्रशासकहरुले चाहिँ यस विरुद्ध उपयुक्त कदम उठाइएको दाबी गरिरहेका छन् । 

यस्तोमा राजधानी दिल्लीस्थित भारतको सबैभन्दा व्यस्त इन्दिरा गान्धी अन्र्तराष्ट्रिय विमानस्थल पछिल्ला केही दिन खालि देखिएको छ । भारतले बेलायत लगायत अधिकांकश युरोपेली राष्ट्रहरुको प्रवेश निषेध गराएको र आफ्नै देशका नागरिकालाई समेत प्रभावित क्षेत्रबाट भित्रिनमा यो बन्देज जारी गरेको हो । यसकारण अधिकतम उडानहरु रद्द हुँदा विमानस्थलको सुनसान बन्न पुगेको छ । यस्तोमा एयरलाइन्सहरुले ठूलो संघर्ष गरिरहनु परेको छ किनकी देशभित्रै पनि मानिसहरु हवाइ यात्रा गरिरहेका छैनन् । अहिले भारतमा सबैलाई सहर बाहिर गए, उतै फसिन सकिने चिन्ता पनि छ जसकारण सबै आफ्नो घरभित्रै बसिरहेका छन् । यसबीच दुई शिर्ष एयरलाइन्सहरुले उडानको माग घट्दै गएपछि विमानहरुलाई थन्क्याउनेबारे समेत सोचिरहेको बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यता ताजमहल, रेडफोर्ट सहित १४० अन्य म्युजियम र  चर्चित पर्यटकीय गन्तव्यहरु पनि बन्द गरिएको हुँदा स्थानीय व्यवसायीहरु नराम्ररी प्रभावित हुने बताइएको छ । ताजमहलमा मात्र दैनिक ७० हजार बढी पर्यटकहरु आउने गरेका छन् । 

त्यस्तै दक्षिण भारतको ब्याङलोरस्थित आइटी हब पनि ठुल्ठुला मल, स्कुल, कलेज, सिनेमा हल लगायत सार्वजानिक स्थल बन्द गर्ने अर्को मुख्य सहरमा पर्दछ । अन्य वित्तिय केन्द्र मुम्बई, हाइद्रावाद लगायतका सहरले पनि सबै बन्द गराइसकेका छन् । दिल्लीका केही अत्याधिक व्यस्त ठाउँहरु पनि प्रायः खालि देखिएका छन् । यसमा रेलबाट यात्रा गर्नेहरुको सङ्ख्या पनि उल्लेखनीय रुपमा घटेको हो जहाँ अरु समय खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो । 

Global Ime bank

पश्चिमी प्रदेश महाराष्ट्रका पनि दुईवटै सहर बन्द छन् जहाँ संक्रमकहरुको सङ्ख्या सबैभन्दा धेरै रहेको छ । यसमा सेन्ट्रल रेलवे रद्द भइसकेको छ जसमा मुम्बईसम्म पुग्ने २३ वटा लामो दुरीका यात्रा बन्द गरिएको हो । यसमा कम सङ्ख्यामा यात्रु र कोरोना भाइरस दुवै कारणले रेलसेवा बन्द गर्ने निर्णय गरिएको बताइएको छ । अहिलेसम्म भारतमा कूल १५० रेल बन्द गरिएको छ र सो सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको हो । 

धार्मिक स्थल, जस्तै गोल्डेन टेम्पल भने अझै खुल्लै छ तर भक्तजनहरु धेरै कम छन् । यसरी भारतको प्रमुख धार्मिक स्थलहरुमा यति थोरै मानिस देखिनु ठूलो आश्चर्यको कुरा हो । यता तिरुपति मन्दिरले पनि इतिहासमै पहिलोपटक भक्तजनहरुको सङ्ख्या सिमित गराउने निर्णय गरेको हो । मुम्बइमा रहेको सिद्धिविनायक लगायत केही प्रमुख मन्दिरहरु चाहिँ बन्द नै भइसकेका छन् । 

दिल्लीका अटोरिक्सा र ट्याक्सीहरुलाई स्यानिटाइज गर्ने काम पनि भइरहेको छ । भारतमा महामारी नियन्त्रणका लागि सबैभन्दा ठूुलो चुनौति सार्वजानिक यातायातलाई मानिएको छ । तर सबै अफिसमा घरबाट काम गर्न पाउने विकल्प हुँदैन । अर्कोतर्फ विवादित नागरिकता विधेयक विरुद्ध प्रदर्शनहरु अझै केही सहरमा जारी छन् ।

विमानस्थल, कोर्पोरेट अफिस लगायत सञ्चालनमै रहनुपर्ने संस्थाहरुले भने तापमान जाँच गर्ने लगायतका उपाय अपनाइरहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  ०७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC