विशेष
एजेन्सी । कार्डिफ सिटीका पूर्व मिडफिल्डर पिटर विटिङघमको निधन भएको छ । ३५ वर्षे पिटरको बिहीबार निधन भएको हो । टाउकोमा गम्भीर चोट लागेपछि अस्पतालमा भर्ना भएका उनको निधन भएको हो ।
पिटर कार्डिफका सर्व कालिन उत्कृष्ट खेलाडी हुन् । सन् २००७ मा कार्डिफबाट खेलेका उनले सन् २०१७ सम्म ४ सय ५९ खेलमा ९८ गोल गरेका थिए ।
पिटरले इङल्यान्डको यू–२१ टोलीबाट पनि खेलका थिए । कार्डिफमा पिटर १० वर्ष सम्म रहेका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६ ०७:००
प्रतिक्रिया दिनुहोस्