site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पोग्वा ‘बेच्न’ क्लब खोज्दै युनाइटेड
Ghorahi CementGhorahi Cement

एजेन्सी । म्यानचेस्टर युनाइटेडले फ्रान्सेली स्टार मिडफिल्डर पाउल पोग्वालाई बेन्च चाहेको बताएको छ । 

पोग्वाका लागि एक सय मिलियन पाउण्ड मूल्य तोक्दै उक्त प्रस्ताव सुन्न चाहेको क्लबले जनाएको छ । क्लब र पोग्वाबीचको सम्झौता अझै एकवर्ष बाँकी रहे पनि यस विषयमा दुबै सहमति रहेको रिपोर्टमा उल्लेख छ । 

Agni Group

पछिल्लो १२ महिना यता पोग्वा र क्लबबीचको सम्बन्ध बिग्रिएको छ । त्यसैले पोग्वा आफैँले पनि क्लब छोड्न दबाब दिइरहेका छन् ।  

यस सिजनको सुरुवातमा पोग्वा स्पेनिस क्लब रियल मड्रिड जाने तयारीमा थिए । तर, क्लबले पोग्वाका लागि १५० मिलियन पाउण्ड मुल्य तोकेपछि रियलको प्रयास बिफल भएको थियो । 

Global Ime bank

एजेन्ट मिनो रायोलाले पनि पोग्वाका यस सिजनको अन्त्यमा युनाइटेड छोड्ने दाबी गरेका छन् । चोटग्रस्त पोग्वाको एङ्कल सर्जरी गरिएको छ । उनी सर्जरीपछि उनी खेलका फर्किने अपेक्षा गरिएको थियो । तर, कोरोनाका कारण लिगका सबै खेल स्थगित भएसँगै उनको पुनरागमन लम्बिएको छ ।  

पोग्वाले यस सिजन युनाइटेडका लागि सबै खाले मात्र ८ खेल खेलेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC