site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षा सकेर घर बस्न लागेका बालबालिकालाई  घरैमा बस्न आग्रह गरेका छन् । मन्त्री पोखरेलका अनुसार यसरी बस्ने बालबालिकाको संख्या ७० लाख अर्थात् नेपालको जनसंख्याको २५ प्रतिशत जति हुन्छ । अर्को शैक्षिक सत्रमा भर्ना लिनेदेखि परीक्षाफल प्रकाशित गर्नेसम्मको धेरै मानिसहरूको जमघट हुने कार्यक्रम नगर्न पनि मन्त्री पोखरेलले अपिल गरेका छन् । राम्रो हो । अर्कांतिर मन्त्री पोखरेललगायत सरकारी अधिकारीहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) भने सञ्चालन गरिछाड्ने जिद्दी गरेका छन् । यस पटकको एसईई परीक्षामा चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने बताइएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गतेबाट सुरु भई १७ गतेसम्म सञ्चालन हुनेछ । यस्तो संवेदनहीन जिद्दी पटक्कै राम्रो हैन । 

विश्वव्यापी महामारी (प्यान्डेमिक) घोषित कोरोनाभाइरसको संक्रमण रोक्ने सबैभन्दा प्रभावकारी उपाय अरूसँग छातछुत नगरी सकेसम्म एक्लै बस्नु नै हो भन्ने पुष्टि भएको छ । यसैले बालबालिका घरमै बसे भने संक्रमणको जोखिम पनि कम हुन्छ । एसईई परीक्षा पूर्वनिर्धारित मितिमै नगरे आकाश खस्ने थिएन । यसै पनि उच्च माध्यमिक कक्षाहरू तत्काल सञ्चालन हुने हैनन् । एसईईको उपादेयता उच्च माध्यमिक कक्षामा भर्ना हुने बाटो खोल्नुबाहेक अरू त छैन । जति नै सावधानी अपनाउन भने पनि परीक्षा केन्द्रमा विद्यार्थीहरूलाई संक्रमणबाट जोगाउन सम्भव देखिँदैन । सरकारको संवेदनहीन मूर्खताले परीक्षामा परिचालन गरिने कर्मचारीहरू र सहभागी बालबालिका सबैलाई नै संक्रमणको जोखिममा धकेलेको छ । यसै पनि संक्रमणको त्रासमा रहेका विद्यार्थीले कसरी परीक्षा देलान् ? 

एसईई परीक्षा स्थगित गर्न जनस्वास्थ्य विशेषज्ञहरूले सरकारलाई सल्लाह पनि दिइसकेका हुन् । नेपाल मेडिकल काउन्सिलले आफूले लिन लागेको परीक्षा स्थगित गरेको समाचार छ । जति नै ‘‘सावधानी अपनाएर सञ्चालन एवं व्यवस्थापन गर्ने गराउने प्रबन्ध गरिएको’’ दाबी गरे पनि संक्रमण रोक्ने क्षमता सरकारसँग छैन । त्यसमाथि स्वास्थ्य परीक्षणका लागि प्रबन्ध मिलाउन स्थानीय तहलाई आग्रह गरिएको रहेछ । ‘आफैँ त महादेव उत्तानो पर कस्ले देला वर’ भनेजस्ता स्वास्थ्य सुविधा र जनशक्ति नभएका अधिकांश स्थानीय तहले केही पनि गर्न सक्तैनन् । यसैले सरकारले एसईई परीक्षा सञ्चालन गर्ने जिद्दी गरेर परीक्षार्थी र परीक्षा व्यवस्थापनमा संलग्न हुने कर्मचारी तथा सुरक्षाकर्मी गरी करिब पाँच लाख जनाको जीवनलाई जोखिममा पारेको छ । यो परीक्षा एक महिनापछि सञ्चालन गरे पनि फरक पर्ने थिएन । यसैले एसईई परीक्षाकै कारण कोरोनाको संक्रमण फैल्यो भने सरकारलाई जनताले क्षमा दिनेछैनन् । किनभने यो सरकारी अधिकारीहरूको अनावश्यक हठ र मूर्खताका कारण लिइएको जोखिम हो ।  
** बुधवार अपराह्न सरकारले एसईई परीक्षा स्थगित गर्ने सराहनीय निर्णय गरेछ । ठूलो जोखिमबाट जोगाउने निर्णयका लागि धन्यवाद !

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC