site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेस नेतृत्वमा युवा नेता आए म खुसी हुन्थेँ 
Ghorahi CementGhorahi Cement

नरहरि आचार्य नेपाली कांग्रेसका वौद्धिकभित्र पर्ने एकजना नेता हुन् । नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको विश्वासपात्र मानिने आचार्य कोइरालाको निधन भएकै दिन बिरामी परे ।

लामो समयको अस्पताल बसाइपछि अहिले घरमै उपचारमै रहेका आचार्यले पछिल्ला दिनमा समसामयिक विषयमा प्रत्येक साता आफ्नै घरमा बहस चलाउन थालेका छन् ।

उनै आचार्यको दैनिकी, सक्रियता, नेपाली कांग्रेसको भविष्यलगायतका विषयमा बाह्रखरीका केशव सावदले गरेको कुराकानी–

Agni Group

अहिले यहाँको दैनिकी कसरी बितिरहेको छ ?

पढ्ने, अलिअलि लेख्ने । कहिलेकहिले बाहिर डुल्न पनि जान्छु । अब पार्टीको मिटिङ भा’को बेलामा मिटिङमा पनि जान्छु । एउटा–एउटा काम गरेर दिनहरु बितिरहेका छन् । 

Global Ime bank

हरेक शनिबार आफ्नै निवासमा जमघट गर्दै आउनुभएको छ । त्यो किन ? के उद्देश्यका लागि हो ? 

यो कुनै उद्देश्यका लागि होइन । गएको वैशाखदेखि कांग्रेसले जागरण अभियान गर्ने भन्यो । म जागरणमा कतै हिँडिन, जान सक्ने स्थितिमा पनि भइन । 

आफ्नो शारीरिक अवस्थालाई ध्यानमा राखेर यहाँ जो आउँछन् उनीहरुलाई जागरण गर्ने भनेर मैले जमघट सुरु गरेको हुँ । हुँदाहुँदा समसामयिक विषयहरु राजनीतिक, सामाजिक, आर्थिक, साहित्यीक विषयमा छलफल हुन थाल्यो । त्यो निरन्तर छ । 

छलफल या जमघटको उद्देश्य के हुन्छ ?

छलफल भएपछि त्यो विषयलाई अलिकति बुझ्ने चाहना भएका मानिसहरुलाई बुझ्ने कुरो पनि हन्छ । एक दुईजना अलि जान्ने मान्छे बोलाउछौँ । छलफलको विषयका विशेषज्ञलाई पनि बोलाइएको हुन्छ । आएका सबै मान्छेहरुले बोल्नैपर्छ भनेको छु । तीन मिनेटको समय दिइन्छ । 

अब फेरि पनि सक्रिय राजनीतिमा फर्किन्छु जस्तो लाग्छ कि लाग्दैन ? 

होइन, होइन । अब सक्रिय राजनीति भनेको के हो ? त्यो मैले बुझ्दिनँ । मान्छे सबैले सोध्छन्, सक्रिय राजनीति भनेको निर्वाचन लड्ने कुरा हो भनेदेखि मैले अहिले निर्वाचन नलड्ने विषय बनिसकेको छ । 

अब पार्टी राजनीति भन्ने हो भने पार्टीको राजनीतिका विभिन्न तह हुन्छन् । अब सैद्धान्तिक कुरा त म गर्छु नै । आफूलाई केन्द्रमा राखेर गर्ने राजनीति जुन हुन्छ त्यो मबाट हुँदैन । 

नेपाली कांग्रेसको अहिलेको अवस्थालाई कसरी हेर्नुभएको छ ? 

अहिलको अवस्था एकदम गम्भीर छ । गम्भीर यस अर्थमा छ कि अहिले सरकार कम्युनिस्ट पार्टीको छ । यो संविधान बनाउने बेलासम्म र संविधान कार्यान्वयन गर्ने बेलासम्म कांग्रेसले नेतृत्व गरेको हो । संविधानसभा बनाउने कुरादेखि अहिलेसम्म कांग्रेसले नै नेतृत्व गरेको हो । 

संविधानसभा बनाउने कुरा २००६ सालको पार्टी घोषणापत्र देखिनै सुरु भएको हो । तर पनि हुन सकेन ।

२०६४ सालमा आएर बल्ल संविधानसभा बन्न सक्ने स्थिति बन्यो । त्यो बेला पनि कांग्रेसले नेतृत्व गरेको थियो । संविधान बनेपछि संविधानअनुसार चुनाव गर्ने पनि कांग्रेस नै भयो । 

त्यो पछिको साढे दुई वर्षदेखि कांग्रेस विपक्षी छ । कांग्रेसको यतिखेरको स्थिति चुनौतिपूर्ण छ । 

कांग्रेसभित्र अहिले गम्भीर चुनौती छ भन्नुभयो । कांग्रेसभित्रको अहिलेको मूल समस्या के हो ? 

मूल समस्या के छ भने अब सामान्य देशले व्यहोर्ने, समाजले व्यहोर्ने समस्या त छँदैछन् । समस्याबाट मुक्त त संसारमा कुनै समय हुँदैन । तर अहिले कांग्रेसलाई अलि बढी बन्यो । किन बन्यो भने आप्mना लागि पनि संगठित बन्ने प्रयत्न गर्नु एउटा स्वाभाविक कुरा थियो । त्यो संगठित हुनै पनि समस्या बन्दैछ । 

अहिले १४ औं अधिवेशन हुने तयारीमा छ । यो वर्ष अधिवशेनको वर्ष हो । अब कसरी हुन्छ यो अधिवेशन हेर्नुछ । तर कांग्रेसको यतिखेरको चुनौती भनेको सरकारमा बसेन त्यो भएरमात्रै होइन । सरकारमा नहुने त बेलाबेलामा हुन्छ । बहुदलीय प्रणालीमा सरकारमा बस्ने, विपक्षीमा बस्ने त भइरहन्छ । पहिले पनि भइरहेको थियो । 

कांग्रेस गठन भएदेखि नै सरकारमा बसेको त होइन ।  तर कांग्रेसलाई अहिलेको स्थितिमा आफ्नो औचित्य स्थापित गर्न अलि अप्ठ्यारो पर्दैछ । आफूभित्र पनि एकता छैन । त्यो भएको हुनाले उसलाई अप्ठ्यारो परेको छ ।  

कांग्रेसभित्र एकता नभएर अप्ठ्यारोमा पर्‍यो भन्नुभयो, कांग्रेसभित्र देखिएको पछिल्लो चुनौतीको समाधान के देख्नुहुन्छ ? 

त्यसको समाधान त अब अधिवशेनले गर्छ कि भन्ने आशा गरका छौं । सहि नेतृत्व चयन हुन सक्यो भने, त्यो नेतृत्व आउन सक्यो भने यसलाई उकास्ने, यसलाई बढाउने स्थिति हुन्छ । त्यो स्वाभाविक नै हो ।

आगामी महाधिवेशनले चयन गर्ने नेतृत्वले पार्टीमा देखिएको समस्या समाधान गर्छ त ? 

होइन, गर्नुपर्ने हो । अब गर्छ कि गर्दैन त्यो थाहा छैन । 

अहिले नेतृत्वका लागि दावेदारी प्रस्तुत गरिरहेका नेताहरुमध्ये जोसुकै नेतृत्वमा आए पनि समस्या समाधान हुन्छ त ? 

अहिले विभिन्न नेताहरुको अस्पष्ट दावेदारीमात्रै बन्यो ।

बहालवाला सभापति उठ्लान भन्ने एउटा सामान्य चासो सबैको हुन्छ । उनले उठ्दिन नभन्दासम्म उनी उठ्छन् कि भन्ने मान्छेले सोच्छ । अरुले भने प्रष्टसँग भनेका छैनन् । कोको उठ्छ, कोको उठ्दैन त्यो टाइममै भनेर बहस हुन पाएदेखि प्रष्ट हुन्थ्यो । 

कांग्रेसका बहालवाला सभापतिले फेरि पनि चुनाव जित्नुभयो भने कांग्रेसको हालत यस्तै रहन्छ कि सुध्रिन्छ ? 

त्यो त अहिल्यै थाहा छैन । को उठ्छ, को जित्छ, कसको कस्तो स्थिति हुन्छ ।  एउटा लोकतान्त्रिक पार्टीमा अधिवेशन हुँदा त्यसलाई नवीकृत गर्ने प्रयास हुन्छ, नेतृत्वको ।  त्यो उही होस अथवा अरु होस उसलाई अधिवेशनबाट नवीकृत गरिन्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा विधान विपरीत अघि बढे भनेर व्यापक आलोचना हुने गरेको छ । तपाईंलाई के लाग्छ ? 

विधान विपरीत भन्न त्यति मिल्दैन मिल्न त । तर, जुन काम अहिले हुँदैछ, अगाडि नै गरको भए हुन्थ्यो भन्ने सबै मान्छेलाई लागेको छ । 

त्यसो भएको हुनाले अहिले यतिखेर गरेको कामले कस्तो गर्छ, राम्रो गर्छ कि नराम्रो गर्छ । 

चुनावको माहोल बनिसकेपछि गरेको काम त्यति अर्थपूर्ण हुन्छ कि हुँदैन, त्यस्तो लाग्छ मलाई । 

किनकि यो शेरबहादुरलेमात्रै गर्न खोजको त होइन । 

सबैले यस्तै यस्तै गर्दै थिए । कुनैले अलि थोरै गरे, कुनैले अलि पहिले नै गरेर लथालिङ्ग पारेर छोडिदिए । यस्तैयस्तै हुँदैहुँदै आएको हो । 

चारवर्षे कार्यकाल सकिनुभन्दा दुई दिनअघि पार्टीका विभागहरु विस्तार के का लागि ? 

त्यो त अब के का लागि हो उहाँ (सभापति देउवा) ले प्रष्ट पार्नुभएको छैन, र प्रस्ट हुन पनि सकेको छैन । 

अब पूरै गठन गर्न सकनुहुन्छ कि हुन्न ? बीचमै केही मान्छेलाई एडजस्ट गरेर छोड्नुहुन्छ कि ? त्यो पनि थाहा छैन । 

एक अर्थमा यो त्यति फलदायी हुन्छ जस्तो देखिएको छैन । 

वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवालाई सहयोग नगरेको भन्ने पनि आरोप लाग्दै आएको छ, के असहयोग भएकै हो ? 

आरोप दुवैलाई लागेको छ । को विधानअनुसार चल्यो ? वरिष्ठ नेता सहमति भयो भने विधानलाई निलम्बन गर्न पनि तयार हुनुुहन्छ । त्यो पनि त्यति मिलेन । 

सहमति गर्दा विधान विपरीत गर्न मिल्छ भन्ने कुरा त मिलेन नि । 

एक वर्ष बाँकी हुँदा सवै गठन गरेर के गर्न सक्नुहुन्छ, त्यो पनि थाहा छैन सभापतिलाई ।

कांग्रेसको भविश्य कस्तो देख्नुहुन्छ ? 

कांग्रेसको भविश्य सामान्यतया ठिकै छ । कांग्रेसको भविश्यनै बिग्रिने अहिलेको स्थिति होइन । 

कांग्रेसको वर्तमानमात्रै अस्तव्यस्त बनेको हो, भविश्य अस्तव्यस्त हुँदैन ।  

कांग्रेस गुटैगुटले समस्यामा परेको हो कि नेताले ? 

गुट उपगुट त जुनसुकै पार्टीमा पनि हुन्छन् । कांग्रेसीलाई कांग्रेसमा देखिएका गुट उपगुटले अलि बढी चिन्ता हुनु स्वाभाविकै पनि हो । 

तर, यो पार्टी राजीनतिमा गुत त भैरहन्छन् । 

गुट वैचारिक भए एकदमै राम्रो हुन्थ्यो । वैचारिक गुट हुनु त राम्रै हो नि । तर, विनाअर्थको अथवा स्वार्थकोमात्रै गुटबन्दा त्यति फलदायी हुन्न । 

तपाईं अहिले कुन गुटमा हुनुहुन्छ ? 

होइन, म त कुन गुट हुनु र ? सबैलाई आफ्नो दृष्टिकोण भन्दैछु । यहाँ छलफल गर्दा पनि सबै आउनुहुन्छ । त्यसो भएका हुनाले म कुन गुटको छु भनेर मैले त्यति गम्भीरतापूवर्क विचार गरेको छैन ।

सिनियर लिडरहरुले अब अभिभावकत्व निभाउनुपर्छ, ‘युथ लिडर’लाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने स्वरहरु पनि सुनिन थालेका छन् नि ! 

त्यो त राम्रो कुरा हो । अब युथ लिडरहरुको अग्रसरता पनि हुनुपर्यो । 

उनीहरु चुप लागेर घरमा बस्ने अनि सिनियरले तिमी उठ भन्नुपर्ने स्वयम्सेवी स्थिति त हुन्न होला । 

युथले उठेर सिनियरलाई बाध्य बनाउनुपर्छ । युवा पनि प्रौढ नेतालाई नसमातिकन उठ्न अझै सकेका छैनन् । युवा नेता आए त म खुसी हुन्थेँ । 

१४ औं महाधिवेशनमा युवा नेतामा नेतृत्व हस्तान्तरण हुने सम्भावना देख्नुहुन्छ ? 

आए त सम्भावना हुन्छ  नि । आउँदै न आए केको सम्भावना ? नेपाली कांग्रेसमा सक्षम युवा त छन् नि । 

तर उनीहरु अगाडि बढेकै छैनन् । 

को हुन ति सक्षम युवा भनेका, नामै किटेर भन्दिनुस् न ! 

नाम किन लिने, नाम लिने केही आवश्यकतै भएन । किनभने अब सक्षम भनेर कसरी भन्ने भन्छन् जो पनि । 

त्यसो भएको हुनाले कोही त सक्षम हुनु पर्‍यो नि भन्ने मेरो कुरो हो ।  

तस्बिर : हरिश क्षेत्री
 

 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC