site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

मर्यादा र सुविधाको खोजीमा राजधानी धाएका प्रदेश प्रमुखहरू स्वयंले आफ्नो संवैधानिक पदको मर्यादाको भने हेक्का राखेको देखिएन । राष्ट्रपतिका अर्थात् राज्यका प्रतिनिधि प्रदेश प्रमुखहरूले आफूलाई अझै पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै कार्यकर्ता ठानेका रहेछन् । यसैले त उनीहरूले आफ्ना मागहरू राष्ट्रपतिसमक्ष राख्नुको साटो नेकपा (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई मागपत्र बुझाएका होलान् । सायद, उनीहरूको यही मर्यादाविपरीतको आचरणका कारण राष्ट्रपति र प्रधानमन्त्रीले भेट नदिएका हुनसक्छ । प्रदेश सरकारको निर्णय कार्यान्वयन र प्रदेश सभाबाट पारित ऐन कार्यान्वयन गर्नेबाहेक अरू खासै जिम्मेवारी नभएको प्रदेश प्रमुखको पद आलंकारिक हो । यस्तो पदमा रहनेहरूले थप सुविधा खोज्नु स्वयंमा पद सुहाउँदो व्यवहार हैन । 

अहिलेका प्रदेश प्रमुखहरूलाई उनीहरूभन्दा पहिलेकाले पाउँदै आएको सुविधा पक्कै घटाइएको छैन । नेपालको संविधान, २०७२ कार्यान्वयनका क्रममा नियुक्त सबै प्रदेश प्रमुखहरूलाई विनाकुनै कारण हटाएर कम्युनिस्ट कार्यकर्ताहरूलाई प्रदेश प्रमुख नियुक्त गरिएको थियो । नियुक्त भइसकेपछि उनीहरूले दलगत संलग्नता छाड्नुपर्ने संविधानको आशय देखिन्छ । तर, कम्युनिस्टहरूले यस्ता लोकतान्त्रिक मर्यादा र अभ्यासहरू सधैँजसो उपेक्षा गर्ने गरेका छन् । प्रदेश प्रमुखहरूले राज्यसँग राख्नुपर्ने माग पार्टीका सभापतिसामु पेस गर्नुले उनीहरू राज्य र पार्टीका बीचमा भेद गर्न चाहँदैनन् वा समान ठान्छन् भन्ने देखिन्छ । आफूलाई कम्युनिस्ट पार्टीकै कार्यकर्ताको भूमिकामा राख्ने प्रदेश प्रमुखहरूलाई जनताले राज्यको प्रतिनिधिका रूपमा हेर्न कठिन हुन्छ । विपक्षी राजनीतिक दलका नेता कार्यकर्ताले पनि उनीहरूलाई कम्युनिस्ट कार्यकर्ताभन्दा बेग्लै ठान्न सक्तैनन् । प्रदेश प्रमुखहरूको यो व्यवहारले केही वर्ष पहिले न्यायाधीश नियुक्त भएर शपथ लिएलगत्तै नेकपा (एमाले)को कार्यालयमा कृतज्ञता ज्ञापन गर्न पुगेका कार्यकर्ता न्यायाधीशहरूको सम्झना हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको सिफारिसमा विनाकुनै कारण हटाएका प्रदेश प्रमुखहरूको आचरण र अभ्यासमा कुनै गुनासो सुनिएको थिएन । उनीहरूको मनोबल कमजोर गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले पटकपटक मर्यादा र सुविधा हेरफेर गर्दा पनि उनीहरू कुनै गुनासो गरेनन् । त्यस्तै, नेपाली कांग्रेसको नेतृत्वको सरकारले नियुक्त गरेको भए पनि निर्वाचित प्रदेश सरकारहरूलाई कुनै असहयोग गरेनन् । अर्थात्, प्रदेश प्रमुखको मर्यादा जोगाउन पहिलेकै प्रमुखहरूले बाटो देखाइसकेका थिए । अहिलेका प्रमुखहरूले मर्का नै परेको भए राष्ट्रपति र सरकारसमक्ष आफ्ना गुनासाहरू राख्नुपर्थ्यो । प्रधानमन्त्रीको अस्वस्थताले समय दिन नसके राष्ट्रपतिलाई भेट्नुपर्थ्यो । बेलैमा समय लिन खोजेको भए राष्ट्रपतिले भेट नदिनुपर्ने कुनै कारण  देखिँदैन । साथै, प्रदेश प्रमखहरूले नै संगठितरूपमा मागपत्र पेस गर्ने हो भने भोलि प्रदेशका मुख्यमन्त्रीहरूले हडताल गरे भने पनि अन्यथा भन्न मिल्नेछैन । प्रदेश प्रमुखहरूले आफूलाई संविधानले राज्यको प्रतिनिधि तोकेको हेक्का राखेका छन् भने पार्टीका अध्यक्षलाई सामूहिकरूपमा भेटेर मागपत्र बुझाएकोमा राष्ट्रपतिसमक्ष क्षमा याचना गरून् र नेपाली जनतालाई यस्तो अभ्यास नदोहोरिने विश्वास दिलाऊन् । 

 

Global Ime bank

      

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC