site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बन्द हुने अवस्थामा नेपाली सिनेमा हल
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रदर्शनमा आएका चलचित्र हेर्न दर्शक नआउने र रिलिज डेट लिएका चलचित्रले प्रदर्शन मिति पछि सारेपछि सिनेमा हल बन्द हुने अवस्थामा पुगेका छन् । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण दर्शक हलमा जान छोडेका छन् भने चलचित्रले रिलिज डेट पनि पछि सारेका छन् । 

अधिकांश चलचित्र पूर्व निर्धारित मितिमा रिलिज नहुने भएपछि हल स्वतः बन्द हुने अवस्थामा पुग्न लागेका हुन् । नेपालीदेखि हिन्दी तथा अंग्रेजी चलचित्रले प्रदर्शन मिति पछि सारिसकेका छन् । नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ र ‘नीरफूल’ तथा हिन्दी चलचित्र ‘सूर्यवंशी’ले रिलिज डेट सारिसकेका छन् ।

“लागिरहेका चलचित्र हेर्न दर्शक आउन छोडे । देश–विदेशका सबै चलचित्रले रिलिज टेड सारिसके । आउने सातादेखि चलचित्र नै छैनन्,” क्यूएफएक्स चेनका कार्यकारी अधिकृत रोशन अडिगा भन्छन्, “हल बन्द गर्दिन भन्दा पनि स्वतः बन्द गर्ने अवस्था आउला जस्तो छ । दर्शक नै हलमा नआए पछि कसरी हल चल्छन् ?” 

Prabhu Bank
Agni Group
NIC Asia

हलमा दर्शकको संख्या न्यून हुँदा हल सञ्चालन गर्न कठिन भइरहेको उनको भनाइ छ । चलचित्र र दर्शक नै नभएको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे अहिले क्यूएफएक्स व्यस्थापन अन्तरिक छलफलमा छ ।

नेपाल चलचित्र संघले सिनेमा हल बन्द नगर्ने निर्णय गरे पनि दर्शक र चलचित्रको अभावमा हल सञ्चालनमा कठिनाइ भएको हो । संघको बैठकले भने हल बन्द नगर्ने निर्णय गरिसकेको छ । 

Global Ime bank

क्यूएफएक्स चेनले चलचित्र हेर्न आउने दर्शकमा कोरोना भाइरसको संक्रमण हुन नदिन सतर्कता अपनाएको छ । क्यूएफएक्स चेनले हलमा सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोग गरेको छ । यद्यपि हलको यो सतर्कताले पनि दर्शकलाई आकर्षण भने गर्न सकेको छैन । क्यूएफएक्स चेनका काठमाडौं भित्र र बाहिर जम्मा १२ वटा सिनेमा घर छन् ।

सिंगल थिएटर सञ्चालक तथा वितरक गोपालकाजी कायस्थ नयाँ चलचित्र रिलिज भए पनि दर्शक नआउने बताउँछन् । विश्व नै कोरोनाको महामारीमा रहेका बेला सिनेमा घर पनि अछुतो नरहेको भन्दै चलचित्र हेर्न आउने दर्शकको संख्या घटेको बताउँछन् । 

“हलमा सरसफाई पनि गरेका छौं । सेनिटाजरको व्यवस्था पनि गरेका छौं । र पनि दर्शक आउनै छोडिसक्नु भयो,” कायस्थ भन्छन्, “अबको केही दिनमा पनि कोरानाको प्रभाव घटेन भने हल बन्द गर भनेर कसैले भन्नै पर्दैन, आफैँ बन्द हुन्छ ।” 

क्युज सिनेमाज्का व्यवस्थापक राकेश श्रेष्ठ हलमा दर्शकको अकुपेन्सी घटेको बताउँछन् । अपेक्षा गरेका चलचित्रमा २०–२५ प्रतिशत मात्रै अकुपेन्सी रहेको क्युज सिनेमाज्का व्यवस्थापक राकेश श्रेष्ठ बताउँछन् ।

“चलचित्रको सो घटाएर हुन्छ अथवा अरु कुनै उपाय अपनाएर हुन्छ, सकेसम्म हल बन्द नगर्ने पक्षमा छौं,” श्रेष्ठ भन्छन्, “तर नयाँ चलचित्र पनि नआउने र दर्शकको संख्या पनि शून्य भयो भने त सायद हल बन्द गर्नुको विकल्प पनि हुँदैन होला । तर अहिलेसम्म हल नै बन्द गर्ने पक्षमा भने हामी छैनौं ।”

चीन, इटाली, भारतको मुम्बई, अमेरिकाको कोरोना प्रभावित राज्यमा सिनेमा हल बन्द भइसेकका छन् । तर विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमपूर्ण क्षेत्रमा राखे पनि अहिलेसम्म कसैको पनि ज्यान गएको छैन । सरकारले भीडभाड हुने सभासम्मेलन, सेमिनार तथा गोष्ठी, भोजभतेर नगर्न आग्रह गरे पनि चलचित्र घर बन्द गर्न भनेको छैन । चलचित्र संघले पनि हल बन्द नगर्ने निर्णय गरेको छ । 

यद्यपि कोरोना भाइरस संक्रमणको त्रास बढ्दै जाँदा दर्शक चलचित्र हेर्न हल जान कम गरेपछि हल सञ्चालकलाई त्यसको असर परेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC