site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था र उमेर हेर्दा उनलाई यति धेरै धपेडी गर्न नदिइनु पर्ने हो । तर दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले अस्पतालबाट बिदा भएकै क्षण देखि धपेडी गर्न थालेको देखिएको छ । अस्पतालबाट बिदा हुने बेलामै पनि प्रधानमन्त्री ओलीको व्यवहार दोस्रो पटक मिर्गौला फेरेको प्रौढको जस्तो थिएन । आफ्नो सरकारी निवासमा फर्केपछि पनि प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू र सचिवालयका सहयोगीसँग भेटघाट एवं विचार विमर्श गरेको समाचार सार्वजनिक भएको छ । यसैगरी आइतवार साँझ हुने भनिएको दक्षिण एसियाली राष्ट्रहरूको सहयोग संगठन (सार्क) का प्रमुखहरूको भिडियो बैठकमा पनि प्रधानमन्त्री ओलीले भाग लिने प्रचार गरिएको छ । आइतवार दिउँसो मिर्गौला प्रत्यारोपणका क्रममा राखिएको नली (स्टेन्ट) झिक्नका लागि अस्तपाल पुगेका थिए ।

सामान्यतः प्रधानमन्त्री ओलीको उमेर स्वास्थ्य अवस्था भएको व्यक्ति केही दिन अरू अस्पतालमै बस्नुपर्ने हो । उनका चिकित्सकहरूले पनि संक्रमण र धपेडीबाट जोगाउन प्रधानमन्त्रीलाई अस्पतालमै केही दिन बस्ने सल्लाह दिएको समाचार सार्वजनिक भएको छ । तर, प्रधानमन्त्री ओलीले अस्पतालमा बस्न रुचाएनन् । सरकारी निवासमै उपयुक्त कक्ष निर्माण गरेर उनको नियमित उपचार र व्यायामको प्रबन्ध मिलाइएको बताइएको छ । निवासमा गरिएको प्रबन्धले उनलाई स्वास्थ लाभ गर्न सजिलो होला तर अस्पतालको जस्तो सुविधा भने पक्कै हुँदैन । त्यतिमात्र हैन निवासमा संक्रमणको जोखिम पनि अस्पतालमा भन्दा अपेक्षाकृत बढी नै हुन्छ । त्यसमाथि निवासबाहिरका व्यक्तिहरूको आवतजावत र भेटघाटले संक्रमणको जोखिम बढाएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न पुगेकाहरू संक्रमित थिएनन् भनेर ढुक्क हुनेगरी परीक्षण व्यवस्था पनि गरिएको छैन । यसैले प्रधानमन्त्री ओली स्वयं र उनका चिकित्सक तथा सहयोगीले स्वास्थ्य अवस्थाप्रति हेलचेक्य्राइँ गरेर मूर्खतापूर्ण जोखिम उठाएको देखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सायद, प्रधानमन्त्री ओली पनि आफ्ना प्रतिस्पर्धी र सहयोगी सबैलाई आफू सामान्य अवस्थामा फर्कन लागेको सन्देश दिन चाहन्छन् । तर, उनले जति नै देखाउन खोजे पनि शारीरिकरूपमा सामान्य हुनका लागि कम्तीमा ६ महिनादेखि वर्ष दिन लाग्ने चिकित्सकहरूले बताएका छन् । उच्च मनोबलका कारण प्रधानमन्त्री ओली अपेक्षाकृत अरू बिरामीभन्दा छिटै तंग्रिन सक्लान् । तर, स्वास्थ्यमा चमत्कार हुन्छ भनेर ढुक्क हुन वा उपचारका क्रममा अपनाउनुपर्ने सावधानीमा हेलचेक्य्राइँ गर्नु भने प्रत्यु्त्पादक हुन्छ । मानसिक अवस्था तन्दुरुस्त भएका कारण प्रधानमन्त्रीले संक्रमण र धपेडीबाट जोगिएरै पनि देशको शासन सञ्चालन गर्नसक्ने देखिन्छ । त्यसमा पनि एउटै पार्टीको मन्त्रिपरिषद् छ । उनका विश्वासपात्र सहयोगीहरू पनि उत्तिकै सक्रिय छन् । टेलिफोनबाट निर्देशन दिन र जानकारी लिन पनि कठिन हुँदैन ।दैनिक कामकाजका लागि उपप्रधानमन्त्रीलाई जिम्मा दिँदा आकाश खस्तैन ।

अहिले राजनीतिक स्थिरताका लागि पनि प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्य लाभ आवश्यक छ । यसैले चिकित्सक तथा उनका सहयोगीले प्रधानमन्त्रीलाई आवश्यक आराम तथा स्वच्छ वातावरण कायम राख्न उनको चाहनाविपरीत जानु परे पनि आफ्नो धर्म पूरा गर्नुपर्छ । शासकहरू आफू तन्दुरुस्त रहेको सन्देश दिन शरीरले नसक्ने धपेडी गर्न वा गरेको देखाउन तम्सन्छन् । तर, आफ्नो बिरामीलाई नोक्सान हुने गरी धपेडी गर्न नदिनु चिकित्सकको धर्म हो । यस्तै, सहयोगीहरूले पनि सबैभन्दा बढी त प्रधानमन्त्रीको जीवन रक्षामा ध्यान दिनुपर्छ । मनोबलले प्रतिरोध क्षमता बढाउन सक्ला तर संक्रमण रोक्न सक्तैन । प्रधानमन्त्री ओलीले पनि हठ गर्नु हुँदैन । पूर्ण स्वास्थ लाभ नहुँदासम्म प्राथमिकता आफ्नो स्वास्थ्यलाई नै दिनुपर्छ । उनका शुभेच्छुकहरूले पनि चाकरी देखाउनभन्दा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभलाई महत्त्व दिऊन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC