site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
 अमेरिकाका नेपाली साना व्यवसायी मारमा 
Sarbottam CementSarbottam Cement

सब वेमा काम गर्दै सञ्चालक अरुण बुढाथोकी र ज्योति बुढाथोकी । तस्बिर : दिनेश कार्की 
 


बोष्टन (अमेरिका) । विश्वव्यापी रुपमा अहिले कोरोनाभाइरस (कोभिड–१९)को असर देखिएको छ । चीनको वुहान क्षेत्रबाट सुरु भएको कोरोनाभाइरसले अहिले संसारका अधिकांश देशमा असर गरेको छ । 

अमेरिकामा फैलिएको यो भाइरसका कारण नेपालीहरुले नै सञ्चालन गरेका साना व्यवसायमा प्रत्यक्ष असर परिसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कोरोनाभाइरस विरुद्ध लड्न अमेरिकी राष्ट्रपतिले राष्ट्रिय संकटकाल घोषणा गरेसँगै ठूला र साना सबै व्यवसायमा पनि संकटको बादल मडारिइरहेको छ । 

म्यासाच्यूसेट्सस्थित बोष्टन र क्याम्ब्रिजमा दुईवटा फ्रेन्चाइज सब वे फाष्टफुडका सन्चालक अरुण बुढाथोकीका अनुसार व्यापारमा विगत केही दिनयता ८० प्रतिशतले कमि आएको छ । 

Global Ime bank

“हाम्रा ग्राहक युवा विद्यार्थी, पर्यटक र कामकाजी मानिस बढी थिए,” बुढाथोकीले बाह्रखरीसँगको कुराकानीमा भने, “उनीहरुको आवागमन ठप्प हुँदा व्यापार त सुक्ने नै भयो ।”

साना व्यवसायीलाई सरकारले ऋण प्रदान गर्ने आश्वासन दिए पनि बुढाथोकी ढुक्क छैनन् । 

“कहिलेसम्म यस्तो हुन्छ थाहा छैन,” बुढाथोकी भन्छन्, “यस्तै हो भने अब दैनिक जीवन पनि नराम्ररी प्रभावित हुन्छ ।” 

बष्टन म्यागेजिनले पटकपटक उत्कृष्ट रेष्टुरेन्ट भनेर सम्मान दिएको वेष्ट रक्सबरीस्थित हिमालयन विष्ट्रोले पनि कोरोनाभाइरसले म्यासाच्यूसेट्समा असर परेपछि दैनिक व्यापारमा कमी भएको जनाएको छ ।

विष्ट्रोका सन्चालक राम धितालका अनुसार मानिसहरुको जमघटहरुमा रोक लागेपछि पहिलेदेखि गरिएका अर्डरहरु पनि रद्द हुन थालेका छन् । 

उनको व्यापारमा झन्डै २० प्रतिशतले कमी आएको छ । 

नेपाली खानाका पारखीहरु आउने उनको रेष्टुरेन्ट स्थानीय र नेपाली एवम् भारतीयहरुको ‘डाइनिङ’ गन्तव्य पनि हो ।

वेष्ट रक्सबरीस्थित हिमालयन विष्ट्रोका सञ्चालक राम धिताल । तस्बिर सौजन्य : रोजिना पराजुली
 


मानिसहरुले आफूलाई कोरोनाको शंकाका कारण सेल्फ क्वारेन्टाइनमा राखेकाले रेष्टुरेन्टमै आएर खानेको संख्या उल्लेखनीय रुपले घटेको सन्चालक धिताल बताउँछन् । 

भन्छन्, “डाइनिङ घटे पनि चेक आउट डेलिभरी (खानाको अर्डर घरमै पुर्याइदिने)चाहिँ बढेको छ ।”

न्यूटनस्थित उनको अर्को रेष्टुरेन्टमा दुईदिन अघि घटेको एउटा घटना धितालले सुनाए– अन्तिम टेबलमा बसेका ग्राहकले दुईचोटी के खोकेका थिए वरिपरीका सबै ग्राहक परपरका टेबलमा सरे ।

कोरोनाको त्रासले गर्दा एउटा मान्छे अर्को मान्छेसँग डराउनुपर्ने स्थितिको सृजना भएको छ ।

नेपाली महिला व्यवसायी रोशनी खनालले दुईवटा स्थानमा रहेका द बोष्टन थ्रेडिङ एक साताका लागि बन्द गरेकी छन् । 

थ्रेडिङ्गका लागि आउने ग्राहकको संख्या एकाएक घट्न थालेकोले खनालले स्टोर बन्द गर्ने निर्णय गरेकी हुन् । 

“नोबल कोरोनाभाइरसको प्रकोप बढ्दै गर्दा सम्भावित संक्रमणबाट बच्न र बचाउन मैले बन्द गरेकी हुँ,” खनालले भनिन्, “सोमबारसम्मको बन्दलाई फेरि अर्को एक साता लम्ब्याउनुपर्ने निश्चित छ ।”

कोभिड–१९ को संक्रमणले गर्दा बोष्टनको व्यापारिक केन्द्र मानिने डाउनटाउन र न्यूबेरी स्ट्रिट सुनसान देखिएका छन् । 

द बोष्टन थ्रेडिङ्ग । फाइल तस्बिर, सौजन्य : रोशनी खनाल
 


नेपाली तथा इन्डियन खाद्यान्न तथा तरकारी स्टोर श्री बम्बे मार्केटका जितेन्द्र श्रेष्ठको व्यस्तता कोरोना संक्रमणपछि झन् बढ्न थालेको छ । 

अनिश्चितताको माहोलबीच मानिसहरुले आवश्यकभन्दा बढी सन्चय गर्ने गरेकाले श्रेष्ठलाई भ्याइनभ्याइ भएको हो । 

“सामान जुटाउन हम्मे हम्मे परेको छ,” श्रेष्ठले भने, “कति दिन जुटाउन सक्छु थाहा छैन ।”

उनको स्टोरमा ग्राहकहरु चामल दाल गेडागुडी किन्न भीड लाग्ने गरेको छ । 

श्री बम्बै मार्केटका सञ्चालक जितेन्द्र श्रेष्ठ । तस्बिर सौजन्य : श्री बम्बै मार्केट


श्रेष्ठको स्वामित्वको हार्भड स्वायरमा रहेको हिमालयन आर्टस् एण्ड क्राफ्टसको व्यापार कोरोनाभाइरसको असरले ठप्प बनेको छ । पर्यटक हिँड्न छोडेकाले घरभाडा उठाउनै गाह्रो भएको श्रेष्ठको भनाइ छ ।

नेपालीहरुको संगठन ग्रेटर बोष्टन नेपाली कम्यूनिटिजका वरिष्ठ उपाध्यक्ष दिनेश पाण्डेयका अनुसार म्यासाच्यूसेट्स राज्यमा ५० भन्दा बढीको संख्यामा नेपालीहरुको साना व्यवसाय रहेको अनुमान छ । 

पाण्डेयले भने, “व्यवसायमा ग्राहकको संख्यामा कमी आउन थालेपछि कर्मचारीलाई कसरी पे चेक दिने भन्ने चिन्ता व्यवसायीलाई थपिएको छ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २, २०७६  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC