site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अमेरिकामा कोरोना त्रास : दैनिक उपभोग्य–आउट अफ स्टक
Sarbottam CementSarbottam Cement

बोष्टन (अमेरिका) । धेरै समय भएको छैन, करिब डेढमहिना अगाडि मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्पका वाणिज्य मन्त्री (सेक्रेटरी) विल्वर रसले चीनको वुहानमा कोरोना भाइरसको प्रकोप बढेर हाहाकार मच्चिदा एक टेलिभिजन अन्तर्वार्तामा भनेका थिए, “मेरो विचारमा यसले उत्तर अमेरिकामा रोजगारी फर्कने क्रम बढ्ने छ ।” 

उनको यो भनाइ झट्ट सुन्दा नमिठो लाग्ने खालको थियो । कोरोना भाइरसको प्रकोपले मानवीयता संकटमा परिरहेको बेला एउटै संसारको अर्को भागमा खुसीयाली मनाएजस्तो भावको थियो उनको त्यो अमानवीय भनाइ । 

यो भनाइको व्यापक आलोचना भयो । त्यतिबेला स्टारबक्सले चीनमा आफ्ना २ हजारभन्दा बढी आउटलेट बन्द गरेको घोषणा गरेको थियो भने स्थानीयलगायत बहुराष्ट्रिय कम्पनीहरुले कर्मचारीहरुलाई घरमै बस्न भनेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

तर अहिले परिदृष्य बदलिएको छ । चीन कोरोना भाइरसबाट तंग्रिएर पूर्ववत अवस्थामा फर्कँदै छ भने अमेरिकामा अहिले यो भाइरसले आतंक फैलाएको छ ।

अभिव्यक्ति स्वतन्त्रता नभएको र सूचनामा सीमित पहुँच मात्रै भएको चीनले त्यहाँको भयावह अवस्था छोप्न सकेन । यता अमेरिकामा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलिएका खबरले जनजीवनलाई साच्चिकै त्रासदीपूर्ण बनाएको छ ।

Global Ime bank

वालमार्ट टार्गेट कस्टको, माइकल्स आदि सुपरस्टोरहरुमा अत्यावश्यकीय उपभोग्य वस्तुहरुको अभाव हुन थालेको छ । 

खासगरी अमेरिकाका चाडपर्व अगाडि देखिने जस्तो भीडभाड यी खाद्य स्टोरमा देखिन थालेका छन् । 

त्यतिबेलाको भीड शान्त देखिन्छ भने यतिबेलाको भीडमा मानिसहरु अशान्त देखिन्छन् । सामान खोसाखोसका दृष्य पनि सामाजिक सञ्जालमा देखिन थालेका छन् । 

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ४१ जनाको ज्यान गएको छ भने ३० जना स्वस्थ भएर फर्किएका छन् ।

अमेरिकामा हालसम्म १ हजार ७ सय १६ मा संक्रमण देखिएको छ । अमेरिकाका विभिन्न २३ वटा राज्यले कोरोना भाइरसको संक्रमण फैलिन नदिन आपतकालीन स्थितिको घोषणा गरेका छन् भने सम्पूर्ण अमेरिकामै राष्ट्रिय संकटको घोषणा गर्नुपर्ने माग पनि बढ्दै गएको छ ।

दैनिक उपभोग्य– आउट अफ स्टक

अमेरिकाका विभिन्न राज्यले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि आपतकालीन अवस्थाको घोषणा गरेसँगै मानिसहरुले दैनिक उपभोग्य वस्तुको संकलन गर्न थालेका छन् । 

यसबाट बजारमा यी वस्तुको अभाव देखिएको छ । कोरोना भाइरसको आतंकले आपतकालीन घोषणा गरिएका राज्यहरुमा यस्तो संकलनले पश्चिमी तटको क्यालिफोर्नियादेखि पूर्वीतटको म्यासाच्यूसेट्ससम्म दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन थालेको छ । 

खाद्यान्नका स्टोरका पार्किङ् लट बिहान स्टोर खुलेदेखि बन्द हुने बेलासम्मै गाडीले खचाखच भरिएका हुन्छन् । 

यहाँका ठूला स्टोरहरुमा खाद्यान्न, सरसफाइमा प्रयोग हुने स्यानिटाइजर, वाइप्स, ट्वाइलेट पेपर र पेपर टावेलहरु स्टोरमा पाइन छोडेका छन् । 

त्यतिमात्र होइन मानिसहरुले डाक्टरले सिफारिस गरेका औषधीहरुको पनि जोहो गर्न थालेका छन् । निश्चित समयसम्मका लागि इन्सुरेन्सले कभर गरेको हुन्छ औषधि । तर बिरामीहरु त्यो औषधि आफ्नै खल्तीबाट पैसा हालेर पनि किनिरहेका छन् । यस्तो गतिविधिले बजारमा अभावको सिर्जना हुन्छ ।

विद्यालय तथा क्याम्पस बन्द, अनलाइनको भर

अहिले अमेरिकाका प्रायःजसो क्याम्पसहरु साता दिन लामो स्प्रिङ्ग ब्रेकमा छन् । स्प्रिङ्ग ब्रेकको छुट्टिपछि फेरि क्याम्पस जाने योजनामा रहेका विद्यार्थीहरुले उनीहरुको क्याम्पस अनिश्चितकालका लागि बन्द भएको सूचना मिडिया र इमेलबाट पाए । 

क्यालिफोर्नियाको स्ट्यानफोर्ड होस् कि म्यासाच्यूसेट्सको हार्भड वा न्यूयोर्कको कोलोम्बिया युनिभर्सिटी । अनिश्चितकालका लागि क्याम्पस बन्द भएपछि सबैले अनलाइन कक्षालाई बाँकी सेमेस्टर सम्पन्न गर्न एउटा विकल्पको रुपमा प्रयोग गर्न थालेका छन् । 

म्यासाच्यूसेट्समा कोरोनाभाइरस संक्रमितको संख्याले ९० नाघेपछि यहाँ आपतकालीन स्थितिको घोषणा गरियो । 

अनलाइन कक्षा एमआइटी, बस्टन युनिभर्सीटी, युनिभर्सीटी अफ म्यासाच्यूसेट्स आदि क्याम्पसहरुले पनि अनिश्चितकालसम्मका लागि विद्यार्थीहरुलाई घरमै बसेर अनलाइन कक्षा लिने निर्देशन दिएका छन् । 

त्यसका लागि शिक्षक र अनलाइन टुल तथा प्लेटफर्महरुको व्यवस्था पनि कलेजहरुले गरेका छन् । 

यसैगरी न्यूयोर्क, म्यासाच्यूसेट्स, क्यालीफोर्निया, वासिङ्गटन आदि राज्यका विद्यालयहरु पनि दुई सातादेखि अनिश्चितकालका लागि बन्द भएका छन् । 

ठूलाठूला कार्यक्रम रद्द 

कोरोना भाइरसको प्रकोपलाई थप बढ्न नदिन सरकारी तथा निजी क्षेत्रबाट आयोजना हुन लागेका सभा समारोह र ठूला जमघटहरु अनिश्चितकालसम्मका लागि बन्द गरिएका छन् । हरेक वर्ष वोष्टनमा आयोजना हुने सेन्ट पेट्रिक परेड पनि यसपटक रद्द गरियो भने बहुचर्चीत बोष्टन म्याराथुन पनि स्थगित भएको छ । 

घरबाटै काम 

व्यापार व्यवसाय ठप्प र डामाडोल भएपछि एक हप्ता कमाएर अर्को हप्ता हातमुख जोर्नुपर्ने (पे चेक टु पे चेक) ठूलो जनसँख्याका मानिसलाई यो कोरोना भाइरसको संक्रमण महँगो सावित हुने भएको छ । 

आफ्नो काममा ग्राहक सेवा गर्नुपर्ने सेवामा आधारित व्यवसायहरु नराम्ररी प्रभावित भएका छन् । 

आइटी तथा प्रशासनमा आधारित कामहरु जुन टाढाबाट पनि सम्भव हुन्छ, त्यस्ता कामहरुभने टाढैबाट गर्न कतिपय कम्पनीहरुले निर्देशन दिएका छन् । 

वर्क फ्रम होम अर्थात घरबाटै गर्न सकिने कामको अवधारणा कतिपय कम्पनीहरुले आंशिक रुपमा गर्दै आएकाल छन् ।

तस्बिर : सीएनबीसी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC