site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अन्ततः विश्व स्वास्थ्य संगठनले बुधवार कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणलाई ‘विश्वव्यापी महामारी (प्यान्डेमिक)’ घोषणा गर्यो । सुरु त चीनबाट भयो अर्थात् पहिलो बिरामी चीनमा देखियो तर त्यसको विस्तार भने अहिले संसारभर जस्तै भइसकेको छ । अमेरिकाले युरोपसँग आवागमन बन्द गरेको छ । चीनको वुहानमा डिसेम्बर, २०१० को सुरुमै कोरोनाभाइरसको संक्रमण देखिएको रहेछ । तर, त्यहाँको सरकारले सुरुमा  भाइरसभन्दा पनि भाइरसको समाचार दबाउन बढी जोड दिइयो । मूलतः यही कारणले कोरोनाभाइरसको संक्रमण विश्वव्यापी महामारी बन्न पुग्यो । संसारका अरू मुलुकहरूसँगै नेपाल पनि कोरोनाभाइरससँग तर्सेको छ । यसको संक्रमणको सामना गर्न सरकारले उच्चस्तरीय समिति नै बनाएको छ र केही देशका नागरिकलाई प्रवेशाज्ञामा नियन्त्रण गर्नेलगायत आन्तरिक तयारी पनि भएको जानकारी दिइएको छ । तैपनि, सरकारले पर्याप्त तयारी गरेको मान्न जनता तयार देखिएका छैनन् । बजारमा देखिएको अत्यास सायद यसैको उदाहरण हो ।   

कोरोनाको संक्रमणले महामारीको रूप लियो भने नेपालका अस्पतालहरूले धान्न सक्तैनन् । तैपनि, उपचारका लागि राज्यले तयारी भने गर्नैपर्छ । चीनमा अहिले संक्रमण दर घट्दो छ । चीनले करोडौं जनसंख्यालाई करिब दुई महिना आवागमनमा प्रतिबन्ध लगाएर संक्रमण घटाउन सफल भएको ठानेर हुनुपर्छ युरोप र अमेरिकाले पनि आवागमनमा प्रतिबन्ध लगाउने उपाय अपनाएका छन् । यस्तो उपाय खुला समाजमा पनि उपयोगी हुन्छ कि हुँदैन अहिले नै भन्न सकिँदैन । चीनले नै पनि कोरोनाभाइरस छैन वा मानिसबाट सर्दैन भन्नेजस्तो भ्रम फैलाउनुको साटो बेलैमा यसलाई नियन्त्रण गर्न र जनतालाई सूचित गर्न खोजेको भए यो संक्रमण विश्वव्यापी हुने थियो कि थिएन भन्ने विषयमा पनि विवाद सुरु भएको छ । यस्ता सबै विषयबाट संसारले शिक्षा लिनुपर्छ । कुनै जाति वा समाजको दानवीकरण गरेर वा जातीय घृणा र भेदभाव फैलाएर महामारी रोकिँदैन ।    

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा एकातिर सरकारी तयारीमा जनता आश्वस्त हुनसकेका छैनन् भने अर्कातिर भ्रम र हल्ला पनि उत्तिकै छिटो फैलने गरेको छ । अहिलेसम्म कोरोनाभाइरसको उपचार पत्ता लागेको छैन र कुनै जडिबुटीबाट यसको संक्रमण नहुने वा निको हुने वैकल्पिक उपचार पनि फेला परेको छैन । यसैले सकेसम्म भिडभाडमा जान जोगिने र संक्रमणको जोखिमबाट बच्ने व्यक्तिगत प्रयास नै यसको संक्रमण फैलन नदिने प्रभावकारी र सही उपाय मानिएको छ । एचआईभी एड्सलाई पन्छाउने हो भने एक्काइसौं शताब्दीमा ‘प्यान्डेमिक’ घोषित यो पहिलो संक्रमण हुन पुगेको छ । यद्यपि, अहिलेसम्म यसबाट मर्नेहरूको संख्या भने विगतका विश्वव्यापी महामारीका तुलनामा नगण्य छ । यसैले आत्तिनुभन्दा यसको सहजरूपमा सामना गर्न तयार रहनु नै बुद्धिमानी हुने देखिन्छ । यस्तो तयारीमा सबैको सहयोग र विश्वास जुटाउन सरकार अग्रसर हुनुपर्छ । जनताको कल्याणमा राज्यले कहिले गर्ने खर्च अनुपात्पादक ठान्नु हुँदैन । विपत्तिका बेला जनताका लागि उपयोगी सिद्ध नभए राज्यको औचित्य बाँकी रहँदैन । 

जनताले विपत्तिका समयमा राज्यबाट सबै प्रकारको सहयोगको अपेक्षा गरेका हुन्छन् । राज्य कर्तव्यबाट पन्छन खोजेको भान जनतामा परेका खण्डमा चर्को प्रतिक्रिया पनि व्यक्त गर्छन् । स्वास्थ्यमन्त्रीले सरकारले विदेशबाट आउने सबैलाई क्वारेनटाइनमा राख्न सक्तैन भन्दा भएको चर्को आलोचना यसको पछिल्लो प्रमाण हो । संक्रमणको शंका नै नहुँदा पनि सरकारले एक्ल्याएर राख्ने उपाय नियन्त्रणका लागि प्रभावकारी हुनसक्छ तर व्यावहारिक दृष्टिबाट पनि उपयुक्त हुँदैन । यस्तै, विदेशबाट आउने नेपाली नागरिकलाई स्वदेश आउनबाट रोक्न पनि मिल्दैन । यसैले देशभित्र सम्भव भएसम्म संक्रमणको जोखिम कम गर्ने उपायहरू अपनाउनु नै अहिलेका लागि सबैभन्दा उत्तम उपाय हो । व्यक्तिगत सरसफाइ सिकाउन नसकिने उमेरका ससाना बालबालिकाका शिशु कक्षाहरू, जात्रा, बैठक, भेलाजस्ता कार्यक्रमहरू तत्काल बन्द गरेर संक्रमण रोक्न सहयोग गर्न सकिन्छ । 

Global Ime bank

संसद्मै विद्यालय बन्द तथा संसद्को बैठक स्थगित गर्न माग भइसकेको छ । सरकारले संक्रमणको जोखिम नियन्त्रणका उपायहरूमा विशेष ध्यान दिनुपर्छ । आवागमन रोक्नेजस्ता निषेधकारी उपायभन्दा नेपालले सावधानी र सतर्कतामा बढी जोड दिनु उचित हुनेछ । जनतालाई आत्तिन नपर्ने तर सावधान भने हुनै पर्ने सन्देश सबै सञ्चार माध्यमबाट प्रवाहित गर्नुपर्छ । सरकारले कोही कोरोनाभाइरसबाट संक्रमित भए उपचारको प्रबन्ध गर्ने र सन्देहास्पद बिरामीका साथै अरूको पनि व्यापकमात्रामा परीक्षण गर्ने व्यवस्था मिलाएर जनतालाई जानकारी दिनुपर्छ । यस्तै, विशेषज्ञ र सञ्चार माध्यम दुवैले सही सूचना जनतासम्म सम्प्रेषण गर्ने कर्तव्य पूरा गर्नुपर्छ । सावधानी अपनाए संक्रमण रोक्न सकिन्छ भनेर जनतालाई विश्वस्त बनाउन सके कोरोनाविरुद्धको आधा युद्ध जितिनेछ ।     नआत्तिऊँ तर सावधान होऊँ ! 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC