site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कुन उमेरका मानिसलाई कोरोनाको जोखिम बढी हुन्छ ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनको हुबेइ प्रान्तको वुहान सहरबाट सुरु भएको नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ बाट अहिले विश्व नै आतंकित बनेको छ ।  

बिहीबार बिहानसम्म विश्वभरका ८४ वटा मुलुकमा महामारी फैलिएको छ । 

नेपालमा पनि कोरोनाबाट एकजना संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तर, नेपाल सरकारले भने नेपालमा कोरोना संक्रमित नभएको दाबी गरिरहेको छ । कोरोना आशंकमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका २३ जनामध्ये कसैलाइ पनि कोरोना पुष्टि नभएको अस्पतालले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्वभर कोरोना संक्रमण नियन्त्रणका लागि आवतजावतमा प्रतिबन्ध लगाउनुका साथै मुलुकभित्रका विद्यालय र सरकारी कार्यालयहरु पनि बन्द गरिएका छन् । 

कुन उमेर समूहका छन् उच्च जोखिममा ? 

Global Ime bank

कोरोनाभाइरस व्यक्तिबाट अर्को अस्वस्थ्य व्यक्तिमा संक्रमण भएमा मृत्यु हुने दर बढी हुन्छ । बीबीसीले ४४ हजारभन्दा बढी कोरोना संक्रमितको विश्लेषण गर्दा वयस्कलाई भन्दा वृद्ध मानिसको मृत्युदर १० गुणा बढी हुने निष्कर्ष निकालेको थियो । 

३० वर्षभन्दा कम उमेरका कोरोना संक्रमित मानिसको मृत्युदर कम भएको जनाइएको छ । ३० वर्षभन्दा कम उमेर समूहका चार हजार पाँच सय कोरोना संक्रमितमा आठ जनाको मृत्यु भएको थियो । त्यसमा पनि मधुमेह, उच्च रक्तचाप,  मुटु र श्वासप्रश्वाससम्बन्धी रोग भएका मानिसको मृत्यु हुने जोखिम सामान्यभन्दा पाँच गुणा बढी हुन्छ । 

महिलाको तुलनामा पुरुषको मृत्युदर बढी हुनेसमेत बीबीसीले जनाएको छ । बीबीसीले उक्त तथ्यांकलाई विभिन्‍न अन्य पक्षहरुले फरक पार्नसक्‍ने जनाएको छ । तर, स्थान अनुसार पनि कोरोनाबाट मृत्यु हुने दरमा फरक पर्ने जनाइएको छ । 

कोरोना संक्रमणबाट मृत्यु हुनेमा ८० वर्षभन्दा बढी मानिस उच्च जोखिममा रहेका छन् भने ५० देखि ८० वर्षसम्मका मानिसहरु जोखिममा रहेका छन् । 

बीबीसीले विश्लेषण गरेको ४४ हजार कोरोना संक्रमितको तथ्यांकमध्ये ८० वर्षभन्दा बढी उमेर समूहका १४ प्रतिशत मानिसहरु संक्रमित भएका छन् भने ७० देखि ८० वर्ष उमेर समूहका पाँचदेखि १० प्रतिशत संक्रमित भएका छन् भने ४०-७० उमेरसमूहका मानिसहरु पाँचदेखि १० प्रतिशत छन् भने ४० भन्दा कम उमेरहसमूहका मानिसहरुमा पाँच प्रतिशत मानिसहरु संक्रमित भएका छन् । 

स्थानअनुसार जोखिमको दर फरक !

चीनमा ८० वर्षका पुरुषलाई हुने कोरोना जोखिम चीन बाहिर युरोप अर्थात अफ्रिकाका पुरुषमा संक्रमणको जोखिम फरक हुन्छ । 

कोरोना निको हुने दर पनि संक्रमितले पाउने उपचारमा भरपर्छ । संक्रमण हुँदा महामारीको स्थिति कस्तो थियो भन्‍ने कुराले पनि फरक पर्छ । 

भाइरसको महामारी फैलिएको क्षेत्रमा उपचारको स्थिति र आईसियुको र भेन्टिलेटरको सुविधा कस्तो छ भन्‍ने कुराले पनि जोखिमको दरलाई फरक पार्छ । 

फ्लुको सामान्य लक्षण देखिएका मानिसहरु जाँचका लागि अस्पताल जाँदैनन् । 

बेलायतमा हरेक हिउँदमा फ्लुबाट मानिसहरुको मृत्यु हुने गरेकोले कोरोना भाइरस अन्य फ्लुभन्दा कति खतरापूर्ण छ भन्‍ने कुरा यकिन गर्न नसकिने बीबीसीले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले  सबै किसिमका श्वासप्रश्वास रोगबाट जोगिनका लागि साबुनपानीले हात धुन, रुघाखोकी लागेका मानिसहरुबाट टाढा रहने, हाँछ्यु गर्दा मुख छोप्‍न सुझाव दिएको छ । 

त्यसैगरी संगठनले कोरोना भाइरस हुँदैन भनेर ढुक्क हुनु 'घातक गल्ती' हुने समेत बताएको छ । - एजेन्सीहरुको सहयोगमा 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६  ०३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC