site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

अभाव र कालोबजारले सताइएको नेपाली समाज हल्ला सजिलै पत्याउँछ तर सरकारको आश्वासनमा विश्वास गर्दैन । धेरै लामो समयदेखि समाजले सरकारलाई विश्वास नगर्ने प्रवृत्ति कायम रहेको छ । अहिले कोरोनाभाइरस (कोभिद – १९)को महामारीको त्रासमा पनि जनताले सरकारको आश्वासन नपत्याएको देखियो । बजारमा खाद्यान्नलगायतका दैनिक उपभोगका वस्तुको अभाव होला र आफूलाई खाँचो परेका बखत किन्न पनि नपाइएला भनेर त्यस्ता सामग्री थुपार्ने होड चलेको छ । फलस्वरूप, कृत्रिम अभाव उत्पन्न गरी कालोबजार गर्न मौका ढुकेर बसेका व्यापारीले जनमानसमा रहेको त्रासको दोहन गरेका छन् । खाना पकाउने ग्यासलगायत केही सामग्रीको सञ्चय बढी हुन थालेको देखेपछि सम्बन्धित मन्त्री स्वयंले जनतालाई आश्वस्त तुल्याउन खोजे । तर, जनताले पत्याएनन् । यसरी जनताले नपत्याएको भने यसपटकमात्र हैन ।

चेर्नोबिल आणविक दुर्घटनापछि नेपाल आयात गरिएको धुलो दूधमा विकिरण छ भन्ने हल्ला चल्यो । त्यसको खण्डनका लागि तत्कालीन सरकारले सबै उपाय अपनायो तर जनताले पत्याएनन् । केही समयसम्म दुग्ध विकास संस्थानको दूधको बहिष्कारै भयो । पहिलो जनआन्दोलनका बेला सरकारले सार्वजनिक बैंकहरूबाट जनताको बचत झिकेर आन्दोलन दबाउन खर्च गर्न लागेको हल्ला चल्यो । आन्दोलनकारीले त्यसलाई आन्दोलन चर्काउने अस्त्रका रूपमा प्रयोग गरे । सरकारले खण्डन गरे पनि जनताले पत्याएनन् । यस्ता अनेकौं घटना छन् । संकट सकिएपछि जनअविश्वासको कारण सरकारले कहिल्यै खोजेन । यस्तै, हल्लाका भरमा बजारको सन्तुलन बिगार्ने गरी उपभोग्य वस्तु थुपार्दा उल्टै महँगी बढेको देखेर पनि जनताले कहिल्यै धैर्य गरेनन् । अहिले पनि त्यही प्रवृत्ति दोहोरिएको हो । सरकार अहिलेसम्म जनमैत्री हुनसकेको छैन । राणा शासनकै ढब र ढंगमा सरकारी संयन्त्रहरू सञ्चालित छन् । कर्मचारीहरू जनताले गर्ने प्रश्नको उत्तर दिनुपर्छ भन्ने ठान्दैनन् । मन्त्रीहरू विज्ञ र विशेषज्ञको राय झन्झटिलो लाग्छ । जनताका गुनासा र सञ्चार माध्यमको प्रश्नमा विपक्षको षड्यन्त्र देख्छन् । 

जनतामा सरकारप्रति विश्वास जगाउने हो भने सबैभन्दा पहिले अविश्वासको कारणको खोजी गर्नुपर्छ । सरकारको अनुगमन संयन्त्र कमजोर भएकैले मात्र बजारमा कृत्रिम अभाव र कालोबजार भएको हैन । जनतामा रहेको सरकारप्रतिको अविश्वास व्यापारीलाई सजाय गर्दैमा घट्ने पनि होइन । यस्तै, पत्याउने आधारको बेलिविस्तारविना मन्त्री वा सचिवले यति महिनालाई पुग्ने सामग्री छ भन्दैमा पनि जनताले विश्वास गर्दैनन् । सरकारको कार्यशैली अहिलेसम्म पूर्वक्रियाशील देखिएको पनि छैन । यी सबैको कारण खोजेर निराकरण गर्न र अब पहिलेको अवस्था नदोहोरिने विश्वास जनतामा पार्न सकेमात्र सरकारप्रति जनतामा विश्वास जाग्नेछ । कोरोनभाइरसको सामना गर्न सरकारलाई जनसहयोग अपरिहार्य हुन्छ । यसका लागि जनताको मनमा रहेको अविश्वास हटाउनु पनि उत्तिकै जरुरी देखिन्छ । यसैले सरकारले बनाउने रणनीतिमा जनविश्वास जगाउने विषयमा पनि ध्यान पुगोस् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC