site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कोरोनाको डर घरघरै फैलिसकेको छ । अझै पनि आत्तिनुपर्ने गरी संक्रमित बिरामी देखिएका त छैनन् तर लक्षणै नदेखिए पनि अरूमा सर्न सक्ने हुनाले कोरोनाको व्यवस्थापनमा हेलचेक्य्राइँ गर्नु आत्मघाती हुनेछ । संक्रमण नियन्त्रणमा सहायक हुनसक्ने मानिएका ‘मास्क’ र ‘स्यानिटाइजर’मात्र हैन बजारमा औषधिको समेत अभाव हुनथालेको समाचार सार्वजनिक भएका छन् । सरकार विशेषगरी स्वास्थ्य मन्त्रालयको भने प्रभावकारी उपस्थिति देखिएको छैन । बजारमा आपूर्ति नै कम भएका कारण अभाव भएको हुनसक्छ । यस्तै, कृत्रिम अभाव सिर्जना गरेर कालोबजार गर्नका लागि थुपारिएको पनि हुनसक्छ । सरकारले यी दुवै अवस्थाको सामना गर्न विशेष प्रयास गर्नुपर्ने हो । तर, सरकार आफ्नो प्राथमिक कर्तव्यप्रति पनि अझै उदासीन रहेजस्तो देखिएको छ ।    

सरकारले निर्णय गर्नेबित्तिकै चीनको वुहान क्षेत्रमा अलपत्र परेका नेपालीको उद्धार गरियो । उद्धारमा नेपाली सेनाको प्रमुख भूमिका रह्यो । क्वारेन्टाइनको व्यवस्थापनमा पनि सेनाकै भूमिका महत्त्वपूर्ण थियो । यसले नेपाली सेना विपत्तिका समयको सामना गर्न भौतिक साधान र जनशक्ति दुवैबाट सक्षम रहेछ भन्ने सिद्ध हुन्छ । ठेक्कापट्टा र व्यापार व्यवसायमा अल्झाएर प्रभावहीन बनाउने प्रयत्न भित्र र बाहिर दुवैतिरबाट भए पनि नेपाली सेनामात्र ढुक्कसँग भरपर्न सकिने राज्यको निकाय रहेको छ । यसमा नेपाली सेनाका साथै सबै नेपालीले गर्व गर्न सक्नुपर्छ । यथार्थमा नेपाली सेनाको महत्त्व पनि मैदानमा सडक बनाएर हैन यस्तै अरू निकायले आँट्न र गर्न नसक्ने वा अरूलाई सुम्पन नमिल्ने राष्ट्रिय सुरक्षा जोडिएको संवेदनशील काम फत्य गरेर नै स्थापित हुने हो ।

कोरोनाभाइरसको सामना गर्ने तयारी सरकारका अरू अंगबाट सहजरूपमा हुनसक्ने देखिएन । यसका लागि युद्धस्तरमा काम गर्न सक्नुपर्छ । त्यस्तो कौशल र क्षमता नेपाली सेनामा मात्र देखिएको छ । यसै पनि विपत्तिका बेला नागरिकले उपभोग्य सामग्री थुपार्ने प्रवृत्ति विश्वव्यापी नै हो । त्यसमाथि आयातमा निर्भर अर्थतन्त्र भएकाले नेपालमा दोहोरो संकट हुनु स्वाभाविकै हो । औषधिका लागि मूलतः भारतमा निर्भर भएकाले भारतले निकासी रोक्ता संकट उत्पन्न हुने नै भयो । भारतले रोकेको औषधिका लागि उच्च कूटनीतिक तहबाट पहल गर्नु उचित र आवश्यक छ । भारतबाट औषधि ल्याउन नमिलेमा बंगलादेश, पाकिस्तानलगायतका छिमेकीसँग पनि तत्काल वार्ता गर्नुपर्छ । मास्क निर्माण र वितरणको जिम्मा नेपाली सेनालाई दिए हुन्छ । नयाँ कारखाना बनाउन नभ्याइने अवस्थाभए अहिलेको कारखानाको सञ्चालनमा सेनालाई संलग्न गराएर अत्यधिक उत्पादन बढाउन सकिएला । सरकारले कोरोनाका विषयमा सही निर्णय लिन ढिलो नगरोस् । चीनबाट नेपाली फर्काउनजस्तै जनदबाब पर्खने हो भने स्थिति नियन्त्रणबाहिर पनि पुग्नसक्छ भन्ने हेक्का राखौँ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC