site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपाल राष्ट्र बैंकले यस आर्थिक वर्षको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने जनाउ दिएको छ । अर्थ मन्त्रालयले केही दिन पहिले नै राजस्व संकलन र खर्चको लक्ष्य संशोधन गरेर घटाइसकेको छ । यसरी आर्थिक लक्ष्य पूरा नहुनुका कतिपय कारण होलान् । तर, पछिल्ला दिनमा चीनबाट सुरु भएर अहिले संसारभरजस्तो फैलेको कोरोनाभाइरस (कोविड —९) का कारण नेपालको आर्थिक वृद्धि प्रभावित भएको राष्ट्रबैंकले बताएको छ । कोरोनाभाइरस संक्रमणको प्रत्यक्ष प्रभाव भने पर्यटनमा परेको छ । सरकारले नेपाल भ्रमण वर्ष, २०२० स्थगित गरेको छ । पर्यटकको घुइँचो लाग्ने याम भए पनि होटलहरूमा पर्यटकको संख्या एकदमै न्यून छ । अर्थात्,  नेपालको पर्यटन उद्योग थला पर्ने जोखिममा परेको छ । व्यवसाय नै डुब्ने जोखिम भए व्यवसायीहरू कामदार कटौती वा प्रतिष्ठानै बन्द गर्नेजस्ता उपाय अपनाउन अग्रसर हुनसक्छन् । 

सरकार भ्रमण वर्ष स्थगित गरेपछि काम सकियो भनेर पन्छने र अहिलेको अवस्था केही महिना लम्मिने हो भने धेरै होटल र रिसोर्टहरू विशेषगरी विदेशी पर्यटकलाई लक्षित गरेर बनाइएका संरचना सञ्चालन गर्न मुस्किल हुनेछ । यस्ता प्रतिष्ठान बन्द भए भने त्यसको नकारात्मक असर व्यवसायी र कामदारमाथि मात्र हैन बैंकिङ क्षेत्र र अर्थतन्त्रमा समेत पर्छ । अर्थात्, यसले अर्थतन्त्रमा संकट निम्त्याउने र थप्दै लैजाने प्रवृत्ति बढाउनेछ । देशको अर्थतन्त्र एकपटक ओरालो चक्रमा फसेपछि रोक्न र उकालो लगाउन निकै कठिन हुनेछ । अर्थतन्त्रको अर्को आधार विप्रेषण पनि जोखिममा पर्दैगएको छ । मलेसिया, खाडी, कोरियाजस्ता नेपाली कामदार धेरै जाने मुलुकहरू पनि कोविद—९को उच्च जोखिममा छन् । यसैले नेपाली अर्थतन्त्रका हल्लिएका आधारहरूको सबलीकरण (रेट्रोफिटिङ) गर्न बेलैमा सम्बन्धित सबैको ध्यान जानुपर्ने देखिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वैदेशिक रोजगारी जोगाउन नेपाल सरकारले गर्नसक्ने काम खासै धेरै हुँदैन । ती मुलुकहरूमा पुगेका नेपालीको हितका लागि विशेषगरी कोरोनाबाट संक्रमित भए उपचारका लागि विशेष ध्यान दिनुबाहेक तत्काल केही गर्न सकिने देखिन्न । तर, भ्रमण वर्षलाई उत्साहपूर्वक पर्खेर बसेका पर्यटन व्यवसायीलाई भने राज्यले व्यवसाय जोगाउन सहयोग गर्नसक्छ । व्यवसायीले पनि पर्यटकको भिड नहुने मौका छोपेर मर्मत सम्भार र नयाँ निर्माण गर्ने योजना बनाउनु उचित हुनेछ । सरकारले यही मौकामा भौतिक पूर्वाधारमा ध्यान दिनुपर्छ । विशेषगरी सडक निर्माण र सञ्चार सुविधाको विस्तारको काम यति बेला गर्न सके भ्रमण वर्ष, २०२२ को तयारी गर्न सहज हुनेछ । पर्यटन व्यवसायीसँग सुविधा प्रबलीकरण र स्तरोन्नतिका लागि खर्च गर्ने पैसा नभए सरकारले बैंकहरूलाई लगानी गर्न प्रेरित गर्नुपर्छ । यस्तो ऋणको ब्याज सरकारले अनुदानस्वरूप उपलब्ध गराउनु न्यायोचित हुनेछ । त्यति गर्न सके पर्यटन क्षेत्र जीवन्त रहिरहनेछ भने अर्थतन्त्रमा पनि थप लगानीको सकारात्मक प्रभाव पर्नेछ । 

पर्यटन मन्त्रालयलगायतका सम्बन्धित निकाय र होटल व्यवसायीहरूले मिलेर पर्यटक नआए पनि यस क्षेत्रले दिने सेवा एवं रोजगारी जोगाउन तत्काल विशेष कार्ययोजना बनाऊन् ! यस्तै, आन्तरिक पर्यटन प्रवर्धनका लागि पनि विशेष कार्यक्रम तयार गरियोस् । आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्नसके मध्यम स्तरमा होटल सञ्चालनमा कठिनाइ हुनेछैन । गर्मी सुरु भएपछि कोरोनाको कहर कमजोर हुने विश्वास गरिएको छ । त्यस अवस्थामा भारत र बंगलादेशका पर्यटकलाई आकर्षित गर्ने प्याकेज तयार गरे नेपाल वायुसेवाको पनि उद्धार हुनसक्छ । राज्यलाई नोक्सान नपरी निजी क्षेत्रलाई फाइदा हुन्छ भने त्यस्तो काममा सार्वजनिक साधनस्रोतको प्रयोग र खर्च गर्न सरकारले कन्जुसी गर्नु हुँदैन । कोरोनाभाइरसको कहरपछि पनि चीनलगायतका मुलुकले निजी क्षेत्रलाई गतिवान् बनाउन राज्यबाट आर्थिक र अन्य आवश्यक सहयोग दिन सुरु गरिसकेका छन् । नेपालले पनि त्यसबाट सिक्नु जरुरी छ ।    
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC