site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पानीविना जीवनको कल्पना पनि गर्न सकिँदैन । कतिपय मुलुकमा मानव उपभोगका लागि कृत्रिमरूपमा उत्पादन गर्नु परे पनि अहिलेसम्म जीवनको मूल आधारमध्येको महत्त्वपूर्ण तत्त्व पानी सामान्यतः प्राकृतिकरूपमै उपलब्ध हुँदैआएको छ । पानीको समग्र उपलब्धताका आधारमा नेपाल भाग्यमानी मुलुकमध्येमै पर्छ । तर, राजधानी काठमाडौं उपत्यकालयात नेपालका थुप्रै सहरहरूमा खानेपानीको चर्को अभाव छ । पानीको स्रोतदेखि व्यवस्थापनका कारण नागरिकले खानेपानीको अभाव भोग्नु परेको हो । ’वल्र्ड वाटर काउन्सिल’को प्रकाशनमा दिइएको जानकारीअनुसार नेपाललगायत हिन्दुकुश क्षेत्रका केही मुलुकमा गरिएको अध्ययनमा सन् २०५० सम्ममा पानीको माग र आपूर्तिमा दुई गुना अन्तर हुने देखिएको छ । अर्थात्, त्यति बेला पानीको मागभन्दा आपूर्ति आधामात्र हुनेछ । अध्ययनअनुसार पानीको अभावको मूलकारण कमजोर सहरी योजना र जलवायु परिवर्तन हुन् । 

नेपालका काठमाडौं, भरतपुर, दमौली र तानसेनलगायत भारत, पाकिस्तान र बंगलादेशका समेतगरी १३ वटा सहरमा गरिएको अध्ययनमा खानेपानीको माग अहिले पनि पूरा हुन नसकेको देखिएको छ । पानीको अजस्रः स्रोत मानिने हिमालय क्षेत्रमै यस्तो अवस्था छ भने अपेक्षाकृत पानी कम हुने वा हिमालयबाट टाढा पर्ने स्थानहरूमा कति अभाव होला ? यसैले केही अध्येताहरूले त आगामी दशकहरूमा खानेपानीकै कारण भयानक द्वन्द््व चर्किनसक्ने अनुमानसमेत गरेका छन् । नेपालकै अवस्था पनि उति आशालाग्दो छैन । अहिले काठमाडौंलगायतका केही सहरमा पानीको आपूर्ति मागभन्दा निकै कम छ । त्यसमाथि वितरण प्रणाली व्यवस्थित र पानी स्वच्छ नहुँदा थप समस्या उत्पन्न भएको छ । मेलम्ची आयोजना पूरा भएपछि पनि अहिलेको वितरण संयन्त्र र शैलीमा न्यायोचित सुधार नभए काठमाडौंको खानेपानीको संकट समाप्त हुनेछैन ।

Prabhu Bank
Agni Group
NIC Asia

खानेपानीको अभावको मूल कारण जलवायु परिवर्तन तथा सहरी जनसंख्याको तीव्र वृद्धि मानिएको ट । सरकारहरूले यस्ता समस्याको तत्कालै समाधान गर्न सक्तैनन् । यद्यपि, जनताप्रति उत्तरदायी सरकारले यस्ता समस्या समाधानका लागि दीर्घकालीन योजना बनाएर इमानदारीसाथ कार्यान्वयन गर्छन् । यसैगरी खानेपानीको संकट केही कम गर्न भने सरकारहरूले चाहेमा अल्पकालीन उपाय पनि गर्न सक्छन् । राज्यले आफ्ना नागरिकको उपभोग व्यवहारमा धर्तीको भारवहन क्षमताअनुसार सुधार गर्न प्रेरणा मिल्ने गरी नीति र कार्यक्रम बनाउनु आवश्यक हुन्छ । नेपालीहरूले अहिले प्रयोग गरेको पानीलाई औसतरूपमा हेर्ने हो भने सायद कम गर्ने ठाउँ नहोला तर धनीहरूको जीवन शैलीमा वातावरणअनुकूल सुधार गर्ने हो पानीको उपभोगमा पनि कटौती गर्न सकिन्छ । यसैगरी, खानेपानी योजनाहरूको मर्मतसम्भारमा पर्याप्त ध्यान दिने हो भने चुहावट नियन्त्रण गरेर पानी जोगाउन र आपूर्तिमा सुधार गर्न सकिन्छ ।

काठमाडौंलगायत पहाडी नगरहरूमा पानीको वितरण न्यायोचित छैन । शक्ति र सम्पत्ति हुनेहरूको हितमा हुने वितरण प्रणालीका कारण कमजोर वर्गले सार्वजनिक आपूर्ति प्रणालीको पानी उपभोग गर्न पाएका हुँदैनन् । उपभोग गर्नै नपाएका उपभोक्तले के कटौती गर्ने ? यसैगरी उपभोग भइसकेको पानीको पुनःप्रयोगका लागि पनि बेलैमा प्रशोधनलगायतका योजना कार्यान्वयन गरिनुपर्छ । सहरीकरणका क्रममा आकाशे पानीको सदुपयोग कम्तीमा धर्तीले सोस्ने व्यवस्थामात्रै मिलाउन सके पनि पानीको भण्डार बढाउन ठूलो सहयोग पुग्नेछ । यस्तै वाग्मतिजस्ता स्थानीय नदीको जलाधार क्षेत्रको पानी सञ्चय गरेर पनि आपूर्ति स्तरमा सुधार गर्न सकिनेछ । न्यूनतम आवश्यकता पूरा हुने पानी सबैले पाउने र कसैले पनि औसतभन्दा बढी पानी निकै महँगो पर्ने व्यवस्था मिलाउन सके सम्भवतः पानीको ठूलो संकट टार्न सकिनेछ । संकट आइनपर्दासम्म हेलचेक्य्राइँ गर्ने प्रवृत्ति त्यागेर राज्यका सबै अंग पानी संकटको सामना गर्न जनतालाई समेत साथमा लिएर एकजुट हुन ढिलो गर्नु बुद्धिमानी हुनेछैन ।   

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC