site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उल्लासपूर्ण उमेदवारी, बहिष्कारका कमान्डर नै मेयरका उमेदवार
Ghorahi CementGhorahi Cement

काठमाडौं । तीन वटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहमा वैशाख ३१ गते मतदान हुनेगरी सुरु भएकोे निर्वाचनका लागि मंगलबार उल्लासपूर्णरूपमा मनोनयन दर्ता गरिएको छ ।

विनाअवरोध शान्तिपूर्णरूपमा मनोनयन दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ । मनोनयन सम्बन्धी समाचार नै आज प्रकाशित दैनिक पत्रपत्रिकामा मुख्य समाचार बनेका छन् भने स्थानीय तहको निर्वाचनसँग सम्बन्धित समाचारले नै पत्रिका भरिएका छन् ।

विभिन्न शंका र हल्लाका बीच करिब २० वर्षपछि हुनलागेको स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता उत्साहपूर्ण भएको आजका सबैजसो पत्रिकाले उल्लेख गरेका छन् । तर, आजको राजधानी दैनिकमा प्रकाशित समाचारले भने सबैको ध्यानाकर्षण गर्न सक्छ ।

Agni Group

‘निर्वाचन बहिष्कारका कमान्डर मेयरका प्रत्याशी’ शीर्षकमा विदुर ढकालले समाचार लेखेको समाचारअनुसार २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनका बेला निर्वाचन बहिष्कार गरेका गोर्कीप्रसाद श्रेष्ठ अहिले काठमाडौं महानगरमा मेयरको उमेदवार बनेका छन्  ।
राजधानी दैनिकमै २८३ तहमा उत्साहजनक मनोनयन शीर्षकमा महेश्वर गौतमले समाचार लेखेका छन् । 

आजको अन्नपूर्ण पोस्टमा नरेन्द्र साउदले लेखेको समाचार शीर्षक छ –’उमेदवारी उत्साहपूर्ण’ संघीय समाजवादी फोरम निर्वाचनमा सहभागी भन्ने सबहेड राखेर अन्नपूर्ण पोस्टले समाचार प्रकाशित गरेको छ ।

Global Ime bank

प्रदेश ३, ४ र ६ मा कति तहका लागि निर्वाचन हुन लागेको भन्ने बारेमा अन्नपूर्ण पोस्टले पहिलो पृष्ठमै इन्फोग्राफ प्रकाशित गरेको छ ।
पोस्टमा २,३, ४, ५, ८, ९ र १० नम्बर पेजमा समेत स्थानीय तहको निर्वाचन सम्बन्धी समाचारले प्राथमिकता पाएको छ ।

नागरिक दैनिकमा ‘उमेदवारी दर्ता उत्साहपूर्ण’ शीर्षकमा ब्यानर समाचार प्रकाशित गरिएको छ । अर्जुन सुवेदीले लेखेको समाचारमा पहिलो चरणमा हुने प्रदेशको संख्या, मतदाताको संख्या, उमेदवारलगायतका विवरण समावेश गरेर इन्फोग्राफ प्रकाशित गरिएको छ । चुनावमय भएको नागरिकले अन्य पत्रिकाको तुलनामा डिजाइनमा पनि ध्यान दिएको देखिन्छ । नागरिकमा पनि २, ३, ४, ५, ८, ९, १० र ११ पेजमा स्थानीय तहको निर्वाचनसम्बन्धी समाचारलाई नै प्राथमिकताका साथ प्रकाशित गरिएको छ ।

‘उम्मेदवारी दर्ता उल्लासपूर्ण’ शीर्षकमा कान्तिपुर दैनिकले मुख्य स्थानका उमेदवारका तस्बिरसहितको समाचार प्रकाशित गरेको छ । कान्तिपुर दैनिकमा पनि ४, ५, ८, ९, १० नम्बर पेजमा निर्वाचन सम्बन्धी समाचारले नै प्राथिमकता पाएको छ ।

नयाँ पत्रिका दैनिकले ‘देश जुट्यो निर्वाचनको उत्सवमा’ शीर्षक राखेर समाचार प्रकाशित गरेको छ । काठमाडौं, ललितपुर, पोखरा, भरतपुर महानगरमा प्रमुख दलले अघि सारेका उमेदवारको तस्बिरसहित नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ ।नयाँ पत्रिकाले पनि २, ३, ४, १० पेजमा निर्वाचन सम्बन्धी समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

अख्तियार प्रमुखमा बस्न्यात सिफारिस
संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेको प्रमुख आयुक्त पदमा दीप बस्न्यातको नाम सिफारिस गरेको छ ।
आजका सबैजसो पत्रिकाले यस समाचारलाई विशेष स्थान दिएको देखिन्छ ।
 
राजनीतिक हस्तक्षेपले फैसला प्रभावित
आजको अन्नपूर्ण पोस्ट दैनिकमा यम विरहीले लेखेको समाचारअनुसार पूर्व प्रधानन्यायाधीश र न्यायाधीशहरुको राष्ट्रिय सञ्जालले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता महाभियोगका विषयमा ध्यानाकर्षण गर्दै न्यायाधीश नियुक्तिमा भएको राजनीतिक हस्तक्षेपका कारण अदालतका आदेश र फैसला प्रभावित हुन पुगेको निष्कर्ष निकालेको उल्लेख छ ।


सम्पादकीय
‘चुनावका चुनौती’ शीर्षकमा अन्नपूर्ण पोष्टले सम्पादकीय लेखेको छ । ‘पहिलो चरण र दोस्रो चरणको लागि छानिएका प्रदेशहरुको कुन आधारमा निर्णय गर्यो, सरकार या निर्वाचन आयोगले त्यसको व्यावहारिकता र नियतबारे पनि अनेक छलफल या विवाद भइरहेका छन्,’ सम्पादकीयमा भनिएको छ ।
‘भड्किलो नहोस् निर्वाचन’ शीर्षकमा राजधानी दैनिकले सम्पादकीय लेखेको छ । ‘उत्साह निर्वाचनको’ नयाँ पत्रिका दैनिकले सम्पादकीय लेख्दै भनेको छ–विना कुनै अवरोध सहज ढंगले उमेदवारी दर्ता भएपछि देशको माहोल निर्वाचनमय भएको छ । अब मतदाताका हातमा देशको भाग्य र भविष्यको फैसला गर्ने दायित्व सरेको छ ।’
‘बारको बेसरोकार’ शीर्षकमा कान्तिपुर दैनिकले सम्पादकीय लेख्दै भनेको छ– बार र बेन्चका आआफ्ना कमीकमजोरी र गुनासा हुन सक्छन् । प्रधानन्यायाधीश सुशीला कार्कीको न्याय सम्पादन शतप्रतिशत सही थियो भन्ने दाबी पनि यहाँ गर्न खोजिएको होइन । तर, अहिले महाभियोग प्रावधानको प्राविधिक प्रयोग गरेर जसरी लोकतन्त्रको आधारस्तम्भ न्यायपालिकालाई संकटमा पार्न खोजिएको छ, यस्तो बेलामा बार र बेन्च दुवैले जुटेर प्रतिवाद गर्नुपर्ने हो ।’
नागरिक दैनिकले उत्सवमय उमेदवारी शीर्षकमा सम्पादकीय लेखेको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०७४  ०७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC