site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
विवादको भूमरीमा नेकपा
Sarbottam CementSarbottam Cement

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको भुमरीमा रुमल्लिएको छ । अहिले नेतृत्व तहमा भएका सबै नेता र तिनका नजिकका कार्यकर्तालाई यो भुमरीले कसरी घुमाएको छ भने सबैजना एक अर्कालाई निमिट्यान्न पार्ने रणनीतिमा लागेका छन् । नेकपा सचिवालय यसको सबैभन्दा माथिल्लो कार्यकारी तह हो । यस तहमा रहेका नौ नेताहरू कसको पक्षमा छन् भन्ने विषयले पार्टीको निर्णय कसरी अघि बढ्छ भन्ने स्पष्ट हुन्छ । अहिलेको अवस्थामा नेकपा सचिवालयमा प्रधानमन्त्री केपी ओली अल्पमतमा देखिएका छन् । नौमध्ये ओलीको पक्षमा आफैँ एकजना र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलमात्र देखिएका छन् । यसअघिसम्म उनको पक्षका सशक्त समर्थक भनेर चिनिएका विष्णु पौडेल पनि अहिले नेपाल–दाहाल खेमामा देखिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतम, सदस्यहरू रामबहादुर थापा ‘बादल’, नारायणकाजी श्रेष्ठ, तथा विष्णु पौडेल सबै अहिले सशक्तरूपमा ओलीको विरोधमा एकजुट भएका छन् । 

समस्याको सुरु दुई अध्यक्षबीचको तानातानको रूपमा धेरै पहिलेदेखि देखिएको भए पनि अहिलेको असमझदारी भने पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा कमिसन मागेको विषयमा विवादित भएपछि गहिरिएर गएको हो । बाँस्कोटाको विषयमा सिधै प्रधानमन्त्रीलाई पदच्यूत गर्न नसके पनि उनको बहिर्गमनको बाटो बनाउन वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यता दिलाउने रूपमा अघि बढेको छ । वामदेव गौतमको प्रवेशसँगै राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गरिनुपर्छ भन्ने विवादले पनि यो विषयलाई जनस्तरसम्म पुर्‍यायो ।

यही विषयमा जेलिंँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुमको आठराईमा गएर आफ्नो ६९औं जन्मोत्सव मनाएको विषयले अर्को विवाद सिर्जना गरेको छ । गरिब मुलुकको प्रधानमन्त्रीको जन्मोत्सवमा हेलिकप्टरबाट गएर, केकसमेत हेलिकप्टरमार्फत ढुवानी गरेको विषयमा पत्रपत्रिकाले धुँवाधार विरोध गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

गएको साता नेपाली छापा माध्यमका प्रमुख दैनिक पत्रिकाले नेकपाभित्रको रडाकोलाई आआफ्नै तरिकाले प्रस्तुत गरे । त्यसमध्ये नयाँ पत्रिकाको सोमवारको अंकमा ब्यानर हेडलाइनमा समाचार आयो ‘कम्युनिस्ट प्रधानमन्त्रीको राजसी जन्मोत्सव ।’ सो दैनिकले गत माघ ५ गते दुई अध्यक्षले जारी गरेको आचारसंहितामा ‘जन्मदिवस, पास्नी, व्रतबन्धजस्ता संस्कारलाई घरभित्रै गर्नू,’ भन्ने भए पनि एक महिना नबित्दै प्रधानमन्त्रीले नै सो आचार संहिता तोडेको समाचार प्रकाशित गरेको छ । नागरिकले पनि प्रधानमन्त्रीको जन्मोत्सवको तामझामको विषयमा समाचार प्रकाशित गर्‍यो । अन्नपूर्ण पोस्ट तथा गोरखापत्रले ओलीको जन्मोत्सवको समारोहको विवरण प्रकाशित गरे ।

सोमवारनै राष्ट्रिय सभामा वामदेव गौतमलाई लैजाने र त्यसपछि राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्नसक्ने प्रावधानसहित संविधान संशोधन गर्नसकिने प्रावधानको विषयमा समाचार प्रकाशित भयो । कान्तिपुरले ‘गौतमका लागि संविधान संशोधनको तयारी’ शीर्षकमा मुख्य समाचार प्रकाशित गर्‍यो । यो विषयमा संविधानविद्को भनाइसमेत राख्दै विनु सुवेदीले लेखिन् – प्रतिनिधिसभामा पराजित व्यक्तिलाई प्रधानमन्त्री बनाउनकै लागि राष्ट्रिय सभामा मनोनयन गर्ने निर्णयमा पुग्नु गलत हो ।

Global Ime bank

अन्नपूर्ण पोस्टले पनि यस विषयमा समाचार प्रकाशित ग¥यो । पोस्टको समाचारको जोड संविधान संशोधन कार्यदलको विषयमा रह्यो । रामकृष्ण अधिकारीले लेखेको समाचारअनुसार पार्टीका वरिष्ठ सदस्य माधवकुमार नेपालको संयोजकत्वमा सुवासचन्द्र नेम्वाङ् तथा खिमलाल देवकोटा सदस्य रहेको कार्यदल गठन भयो । राजधानीले पनि सुभाष शाहको बाइलाइनमा सो समाचार प्रकाशित गर्‍यो । समाचारअनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा सो कार्यदल गठन भएको थियो ।

परन्तु, सोमवारनै कार्यदल भताभुंग भयो र यस विषयलाई मुख्य समाचार बनायो अन्नपूर्ण पोस्टले । नयाँ पत्रिकाले यस विषयलाई नेता वामदेव गौतमको झ्यालबाट छिर्ने हठ भन्दै ब्यानर समाचार बनायो । नयाँ पत्रिकाका अनुसार पार्टीभित्रको अंकगणितमा कमजोर भएका गौतम निर्णय प्रक्रियामा भने प्रभावशाली भएको लेख्यो । नेम्वाङ र देवकोटाको असहमति भन्ने समाचार राजधानी तथा कान्तिपुरले पनि मुख्य बनाए । नागरिकले भने प्रधानमन्त्री ओली आफ्नै दलको सचिवालयमा निकै दबाबमा परेको विषयलाई समाचार बनायो । 

बुधबारको कान्तिपुरले संविधान संशोधन गर्दै सेरेमोनियल राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने कसरतमा नेकपा अग्रसर भएको समाचार बनायो । सो समाचारअनुसार संविधानको धारा २८९ संशोधन गरिने, राष्ट्रपतिको अधिकार थप गरिने तथा जनसंख्याको अनुपातमा राष्ट्रिय सभा सदस्य बनाइने (थप गर्ने) विषयमा छलफल भएको बतायो ।

अन्नपूर्ण पोस्टले बुधबार ‘गौतमको तागत’ शीर्षकमा मुख्य समाचार बनाउँदै पार्टीका अन्य नेताको तानातानमा उनले आफ्नो भूमिका बढाउन खोजिरहेको उल्लेख गरेको छ । नयाँ पत्रिकाले यही विषयलाई लिएर ‘वामदेवलाई फेरि ‘ब्याक फायर’’ शीर्षकमा मुख्य समाचार बनायो । सुरोजंग पाण्डेले संप्रेषण गरेको सो समाचारमा वामदेवले अहिलेसम्म कतिपटक संसद्मा छिर्ने कोसिस गरे भन्ने विषयमा वर्णन गरिएको छ । 

नागरिकमा टपेन्द्र कार्कीको बाइलाइनमा बिहीबार समाचार प्रकाशित भयो – ‘नेकपामा विवाद चर्कियो’ । गौतमलाई राष्ट्रिय सभामा लाने विषयमा शीर्ष नेता विभाजित भएको समाचार नागरिकले प्रकाशित गर्‍यो । हाललाई राष्ट्रिय सभामा युवराज खतिवडालाई नै लग्ने र वामदेव गौतमलाई समय आएपछि मिलाउने आश्वासन प्रधानमन्त्रीले दिएको सो समाचारमा उल्लेख गरिएको छ । यही विषयमा नयाँ पत्रिकाले लेख्यो – ‘आवेगमा ओली’ । कान्तिपुरले पनि मुख्य समाचार बनायो – ‘राष्ट्रिय सभामा गौतम कि खतिवडा ?’ सो समाचारअनुसार नेकपामा बबन्डर सुरु भएको र सरकार एवं सचिवालयबीच गम्भीर मतभेद भएको छ । राजधानीले पनि गौतमको राष्ट्रियसभा सदस्य अन्योलमा परेको समाचार प्रकाशित गर्‍यो भने अन्नपूर्णले ‘‘वामदेव मोह’ले बबन्डर’ शीर्षकमा समाचार बनायो । समाचारअनुसार नेकपाका महासचिव विष्णु पौडेल वामदेवतिर लागेका छन् भने गृहमन्त्री थापा विपक्षमा लागेका छन् ।

बिहीवार नहुँदै नेताहरू विवाद छोप्न लागिपरे । शुक्रवारको नागरिकले प्रकाशित गर्‍यो – ‘कार्यकर्तामाझ नेताले गरे विवादको ढाकछोप’ । गोरखापत्रले यस विषयमा प्रफुल्लताकासाथ समाचार बनायो – ‘शीर्ष नेताहरूको एउटै स्वर, जीवन्त बहसबाट आत्तिनु पर्दैन ।’ नयाँ पत्रिकाले भने प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई भेटेको समाचारलाई महत्त्वका साथ प्रकाशित ग¥यो । साथै वरिष्ठ नेता माधव नेपालले वामदेवको विषयलाई निक्र्योलमा नपुर्‍याई खतिवडाका विषयमा निर्णय नगर्न दिएको सुझावलाई मुख्य समाचार बनायो । शुक्रवार अन्नपूर्ण पोस्टले प्रधानमन्त्रीलाई सहयोग पु¥याउँदै उनले भ्रष्टाचारबाट आफूलाई जोगाएको समाचारलाई मुख्य समाचार बनायो । 

शनिवारका पत्रिका भने नेकपाभित्र समझदारी विकसित भएको समाचार लिएर आए । नयाँ पत्रिकाका अनुसार वामदेवलाई राष्ट्रिय सभामा लैजाने र अर्थमन्त्री डा. खतिवडालाई मन्त्रीमा निरन्तरता दिने समझदारी भएको छ । नागरिकले यस्तो सहमति जुटाउन नेता नेपालको दौडधुपको समाचारलाई मुख्य बनाएको छ । राजधानीले नेकपाको विवाद सुल्झिएको बताउँदै मुख्य समाचार बनायो भने नरेन्द्र साउदले अन्नपूर्ण पोस्टमा ‘ओली अडानमै’ शीर्षकमा समाचार बनाउँदै प्रधानमन्त्री ओली आफ्नो अडानमा कायम रहेकोमा उनका प्रेस सल्लाहकार सूर्य थापालाई उद्धृत गरेको छ । आइतवार अधिकारीले अर्को मुख्य समाचार लेखे पोस्टमा । सो समाचारले नेकपा विवाद कमजोर भएको संकेत गरेको छ । अन्य पत्रिकाले पनि नेकपा विवादको विषयमा आइतवार प्रथम पृष्ठमा समाचार संप्रेषण गरेनन् ।

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC