site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

ललितपुरमा एक जना प्रहरी अधिकृतले काखमा बच्चा बोकेकी महिलालाई लाठीले हान्दै लखेटेको दृश्य सामाजिक सञ्चालमा व्यापक भयो । त्यसपछि सञ्चार माध्यमहरूमा त्यस घटनाको समाचार आयो । सम्बन्धित प्रहरी कार्यालयले विज्ञप्ति जारी गरेर घटनालाई सामान्य देखाउने प्रयत्न पनि गरिसक्यो । प्रहरी अधिकृत दोषी भए कारबाही गरिने पनि बताइएको छ । यति भएपछि समस्या समाप्त हुनुपर्ने हो । तर, सामाजिक सञ्जाल र सञ्चारमा माध्यममा घटनाको निन्दा र चर्चा भइरहेको छ । घटनामा संलग्न प्रहरी अधिकृतको ज्यादती यथार्थमा निन्दनीय नै देखिन्छ । यसरी अनावश्यक बल प्रयोग गर्ने नेपाल प्रहरीको पुरानै प्रवृत्ति हो । विशेषगरी कमजोरहरूमाथि प्रहरी निकै कठोर र निर्ममरूपमा प्रस्तुत हुने गरेको छ । हिरासतमा समेत प्रहरीले यातना दिने गरेको पीडितहरूले बताउँदै आएका छन् । ललितपुर घटनाले एकपटक फेरि नेपाल प्रहरीको कटु आलोचना भइरहेको छ ।

नेपालमा प्रहरीले कानुनको निर्देशको साटो माथिको आदेश बढी पालना गर्छ । सायद, यही आदेश पालनाका क्रममा ललितपुरको घटनामा पनि प्रहरी अधिकृतले भाग्दै गरेकी महिलालाई घरबाहिर बाटामा लाठीले हानेको हुनुपर्छ । कसैको आदेश पालना गर्ने क्रममा ‘बहादुरी’ देखाएको हैन भने ती प्रहरी अधिकृतको मानसिक अवस्था तन्दुरुस्त नहुनसक्छ । किनभने मानसिकरूपमा स्वस्थ प्रहरी अधिकृत त्यति बर्बर त नहुनुपर्ने हो । उनीहरूले अनधिकृतरूपमा कसैको घरमा पसेर तोडफोड गरेका थिए भने प्रहरीले पक्राउ गरी मुद्दा चलाउनु पर्थ्यो । प्रहरीले लखेटेका महिलाहरू त्यहाँ अनधिकृतरूपमा प्रवेश गरेको भन्ने दाबी पत्याउने हो भने पनि त्यसरी भाग्दै गरेकी र त्यसमा पनि काखमा बच्चा लिएकी महिलालाई पटकपटक लाठीले हान्न  कुनै पनि सभ्य व्यक्तिले सक्तैन । प्रहरीले पनि हान्नु हुँदैन । 

प्रहरी पनि व्यक्ति नै हो । यसैले एकाध प्रहरीको बर्बर अमानवीय व्यवहारलाई सामान्यीकरण गरेर समुच्चा नेपाल प्रहरीलाई नै दोषी भन्नु न्यायोचित हुँदैन । तर, अधिकृतको यस्तो व्यवहारलाई उन्मुक्ति दिइयो वा ढाकछोप गर्ने प्रयास गरियो भने चाहिँ सिंगो प्रहरी संगठनकै छवि धमिलिनेछ । यसैले सामाजिक सञ्जालमा व्याप्त भएको श्रव्यदृश्य सामग्रीमा देखिएका प्रहरी अधिकृतलाई नेपाल प्रहरीले कारबाही गर्नुपर्छ । साथै, तनावपूर्ण दिनचर्या भएका प्रहरीहरूलाई नियमितरूपमा मनोसामाजिक विमर्शको व्यवस्था पनि मिलाउनु उचित हुन्छ । जति नै कडा कारबाही गरे पनि अर्को प्रहरीले फेरि उस्तै व्यवहार देखाउने गरेको जो पाइन्छ । प्रहरीलाई आधुनिक बनाउन भौतिक पूर्वाधारमात्र हैन मानसिकता र व्यवहारमा पनि मानवीय हुनु आवश्यक हुन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC