साहित्य
काठमाडौं । साहित्यकार राजेन्द्र थापाले फेरि अर्को नयाँ गीत ‘आमा’ सार्वजनिक गरेका छन् । यही हप्ता सार्वजनिक गरेको उनको गीत ‘आमा’मा स्वर तथा संगीत मनमोहन थपलियाको छ ।
“यो आमाको सम्मान र सम्झनामा तयार पाएिको गीत हो । आमा रहे पनि नरहे पनि दुःखमा आमा सँगै हुन्छिन्” गायक तथा संगीतकार थपलियाले भने, “म आफू पनि लामो समय भारतमा संगीत पढेर आएको व्यक्ति हुँ, अहिले संगीत प्रशिक्षकको रुपमा काम गरिहरको छु । यो गीतमा मैले मेहनत गरेको छु, आशा छ राम्रो हुन्छ ।”
उनले रागमा नट भैरव र हमिरको मिक्स गरेर कम्पोज गरेको बताए । गीतको चाँडै भिडियो बनाउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।
अहिलेसम्म पाँच हजार गीत लेखिसकेका थापा आफूलाई आमाका बारेमा लामो समय देखि गीत लेख्न मन लागे पनि यो पटक भने भनेजस्तै गीत खेल्न सकेको बताउँछन् ।
“मलाई धेरै वर्ष पहिला नै आमाको गीत लेख्न मन लागेको थियो । धेरैले धेरै आमाको गीत लेखेको देखेँ । भारतमा पनि धेरै छन् आमा गीत,” थापाले भने, “एक दिन म टे«ड मिलमा दौडीरहेको थिँए । आमा सम्बन्धि गीतका केही स्थायी र अन्तराहरु आए । दैडिदै दिमागमा आएको शब्द टिप्दै गएँ । मैले स्लो ट्रयाकमा मात्रै गीत सोचिरहेको थिएँ । भजन स्टाइलमा तर दौडको तालमा फास्ट विटको शब्द आयो । त्यो पनि टिपेँ । र, यसअघि आमाका बारेमा लेखिएका गीतका शब्द शब्द जोडेर यो गीत अचम्मले तयार भयो ।”
थापा अगाडि भन्छन्, “यो गीतको निचोड अन्तिममा छ । अरु त सबै नेपालमा बयान बाजी नै हो । नेपालमा यही मन पर्छ । आमाको अर्थ गीतको अन्तिममा छ । मान्छे जव हिमाल, पहाड, तराई सबै संसार जितें भन्छ । तर, जब उसको कदम चल्दैन त्यहाँ त्यही बेला उसले आमालाई सम्झन्छ । यो नै आमा गीतको भाव हो ।”
गीत
भगवानलाई फुर्सद नहुनाले
पठाएको धर्तीमा आमालाई
मेरो हवा मेरो पानी मेरोे जिन्दगानी
मेरो घाम मेरो चारै धाम आमा
जीवनको भूमरीमा म अहिले एक्लै, तिमी कहाँ आमा
चरीले उडाएको बचरा झैं म नि उडेँ
आकाश डुले संसार घुमे तिमीलाई भुलें आमा
तिमी विना मेरो सूर्जे कहाँ धड्कन कहाँ, बाटो कहाँ आमा
मेरो हावा, मेरो पानी, मेरो जिन्दगानी
मेरो घाम मेरो चारै धाम आमा
देख्छु आमा, सुन्छु आमा, सोच्छु आमा आफै भित्रै तिम्रो चित्र भक्यानिएर रुन्छु आमा ।
प्रकाशित मिति: बिहीबार, साउन २०, २०७३ १२:३३
प्रतिक्रिया दिनुहोस्