site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कमरेडहरू ढुक्क हुनोस्, १५ वर्ष मजाले काम गर्छु
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै मिर्गौला प्रत्यारोपण गर्ने बताएका छन् । पार्टीको वाग्मती प्रदेश कमिटीले काठमाडौैंमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा नेकपा अध्यक्षसमेत रहेका ओलीले केही दिनभित्रै मिर्गौला प्रत्यारोपण गर्ने बताएका हुन् ।

१२ वर्षअघि भारतको नयाँ दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका ओलीले केही दिनअघि सम्पादकहरूकोसँगको भेटमा पनि निकट भविष्यमै पुनः प्रत्यारोपण गर्ने र २०–२५ वर्ष ढुक्कका साथ काम गर्ने बताएका थिए ।

त्यही कुरा दोहोर्‍याउँदै ओलीले प्रशिक्षण कार्यक्रममा भने, “म छिट्टै किड्नी फेर्दैछु । किड्नी फेरेपछि १५ वर्ष ढुक्कले काम गर्न सक्छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिरहेको पनि खुलासा गरे ।

“किड्नी फेर्छु । पाँचदिन अस्पताल बस्छु । छैटौं दिनदेखि काम गर्छु । को बिरामी हुँदैन र ! म पनि अलिअलि बिरामी हुन्छु । बिरामी भएका बेला पनि काम गर्ने बानी परेको छ,” उनले भने ।

Global Ime bank

उनले सरकारले राम्रो काम गरिरहेको भनेर दाबी प्रस्तुत गर्न छुटाएनन् । काठमाडौंका बाटा हेरेर पनि त्यो थाहा हुने अध्यक्ष ओलीको भनाइ थियो ।

पार्टीभित्र मतभेद खोज्दा विनाशको बाटोतिर अग्रसर हुने ओलीको ठोकुवा थियो । कम्युनिस्ट आन्दोलनको विभिन्न कालखण्डमा वैचारिक बहस सुरु गर्दा त्यसले विभाजनको बाटो लिएको उनले बताए ।

“बहस गर्दा ससाना चौका, कसैलाई अध्यक्ष, उपाध्यक्ष, पत्नीलाई महिला विभाग प्रमुख, छोरालाई युवा संगठनको जिम्मेवारी मिल्यो होला तर देशले के पायो त ? वैचारिक शुद्धताको नामको सङ्घर्षले देशलाई के दियो ?” उनको प्रश्न थियो । 

उनले नेकपाले भुलचुकले दुई तिहाइ सन्निकट मत प्राप्त नगरेको बताउँदै सदुपयोग गरिने बताए । तालुका रौं त्यसै नझरेको बताउँदै सङ्घर्ष गर्दागर्दै र देशका लागि केही गरुँ भनेर मिहिनेत गर्दा नै आफू बिरामी परेको बताउन छुटाएनन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC