site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाँस्कोटा प्रकरणमा ओलीको प्रस्टीकरण– ‘अनाडी’ले अनधिकृत तरिकाले टेप गरेछ !
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले गोकुल बाँस्कोटा प्रकरणमा स्पस्टीकरण दिँदै अनाडी मान्छेले अनधिकृत तरिकाले टेप गरेर सुनियोजित रूपमा सरकारविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

पार्टीको वागमती प्रदेश कमिटीले काठमाडौैंमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, “अनाडीले अनधिकृत रूपमा टेप गरेछ । उहाँले (गोकुल बाँस्कोटा) ले त्यो मेरो आवाज पनि होइन । मलाई थाहा छैन भनिसक्नु भएको छ । प्रमाणित हुँदै जाला । तैपनि प्रश्न उठेपछि उहाँले राजीनामा दिइसक्नुभएको छ । अहिले पनि मेरो आवाज होइन भनिराख्नुभएको छ । सत्यतथ्य उहाँले नै भन्नुहोला ।”

उनले कार्यक्रममा दोहो¥याएर स्वीस कम्पनीको एजेन्ट भनिएका विजय मिश्र असम्बन्धित र अनाडी भएको बताए ।

Agni Group

“त्यो अनाडी, अनधिकृत मान्छे हो । कसैको प्रतिनिधि होइन । स्वीस कम्पनीले पनि हाम्रो होइन भनिरहेको छ । किन, के उद्देश्यले रेकर्ड ग¥यो ? फ्रान्स र जर्मन सरकारसँग डिल भइरहेको छ । स्वीस कम्पनीको कुरा कहाँबाट आयो ? मैले प्रतिरक्षा गर्न खोजेको होइन । पार्टी, सरकार, आन्दोलनलाई बदनाम गराउन खोजिएको हो,” उनले कार्यकर्तालाई आश्वस्त पार्दै भने ।

उनले कांग्रेसका नेता कार्यकर्ताले आफ्नो पार्टीका नेताविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुँदा माइतीघरमा उफ्रिएर सरकारको विरोध गरेको स्मरण गराउँदै बाँस्कोटामाथि आरोप लाग्नेबित्तिकै फलानो पनि मुछियो आहा.. भनेको भन्दै चिन्ता प्रकट गरे ।

Global Ime bank

“भ्रष्टारचार भएझैं गरेर प्रचार गरिएको छ । दोषी प्रमाणित भएको छैन । मुद्दा चलेको छैन,” उनले भने ।

सोही प्रकरणमा उनले आफूविरुद्ध पनि उजुरी परेको पत्रिका पढेर थाहा पाएको भन्दै त्यससलाई पत्रु उजुरीको संज्ञा दिए ।

“मलाई समेत जोडेर उजुरी हालेको भन्ने समाचार पत्रिकामा पढेको हुँ । त्यसो हो भने त्यो पत्रु उजुरी हो । भ्रष्ट उजुरी हो,” उनले आक्रोशित हुँदै भने ।

उनले सरकारले भ्रष्टचार गर्ला, भ्रष्टाचारीको संरक्षण गर्ला भनेर चिन्ता नगर्न पनि आग्रह गरे ।

“भ्रष्ट देखिए अनुहार नहेरी कारबाही गर्छु । ऐया आत्था गर्न पाइँदैन,” उनले थपे ।

उनले सरकारले माइक्रोस्कोप लगाएर भ्रष्टाचारीको खोजबीन गरिरहेको बताउँदै पहिलेको तुलनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएको दलील पेस गरे ।

“अख्तियार सक्रिय भएको । उजुरीको संख्या बढेको छ । १२–१३ वर्षअघिका कान्ड बाहिर निक्लिएका छन् । सुन तस्करी घटेको छ । मझेरीमा गाडिएका, ओढारमा लुकाइएका सुन पनि फेला पारिएको छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC