site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जनताले उत्सव मनाए, कांग्रेस केकमा राष्ट्रवाद खोज्न थाल्यो, मिडिया धुरुधुरु रोए
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले केकमा राष्ट्रवाद खोज्न थालेको आरोप लगाएका छन् ।

जन्मदिनका दिन यती समूहको प्रायोजनमा केक काटिएको र पार्टी आचारसंहिता विपरीत भएको भन्दै आलोचना भइरहेका बेला अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गर्ने केही विषय नपाएका बताए ।

वाग्मती प्रदेश कमिटीले बिहीबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ओलीले भने, “पत्रकारहरू दुर्गम गाउँमा बाटो, पानी बत्ती पुगेको लेख्दैनन् । बत्ती आएको खुसीयालीमा जनता नाचेको लेख्दैनन् । कतिको भात खाए भनेर खोज्दै हिँड्छन्, त्योचाहिँ लेख्छन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

दुर्गम गाउँमा आफूले पानी, बत्ती, बिजुली, बैंकको शाखा लिएर गएको बताउँदै उनले भने, “जनताले त्यसकै खुसीयालीमा केक काटे । बाजा बजाए । नाचे । पत्रकारहरू त्यो लेख्दैनन् । कसले केक ल्यायो ? कतिको भात खाए भनेर लेखेछन् । जनताले केक ल्याएछन्, के राखिएको थियो मैले त हेर्दा पनि हेरिनँ ।

आफू नेवारको ज्वाइँ ऐला (रक्सी) ल्याउ भन्नु भएन । जे ल्याए त्यो छुन परिहाल्यो । एक डालो अण्डा, माछा ल्याएको थियो छुँदै पठाएँ ।” 

Global Ime bank

उनले नेपालको नक्सा राखिएको केक काट्दा देश काटिएको रूपमा बुझिएको भन्दै युट्युव खोलेर अरू देशका चलनचल्ती हेर्न आग्रह गरे ।

“युट्युव खोल्नुहोस्, त्यहाँ मोदीको तस्बिर पनि आउँछ । मन परेको चिज केकमा राखेर काट्ने चलन नै हो । मेरो तस्बिर पनि केकमा राखेर काटेका छन् । मै काटिएँ त !,” उनको ठट्यौली थियो ।
उनले प्रतिपक्षीले विरोधको मुद्दा नै नपाएपछि केकमा राष्ट्रवाद खोज्न थालेको आरोप लगाए ।

“भारतले नाकाबन्दी लगाउँदा बोलने । आफू भोकभोकै पर्दा पनि बोलेन । चुल्हो नबल्दा बोलेन । अहिले केकमा राष्ट्रवाद खोज्न थालेको छ । नेपाली कांग्रेस केक राष्ट्रवादी हो । नाकाबन्दीका बेला नाकाबन्दी भयो पनि भन्न नसक्ने केको राष्ट्रवादी ! म नेपाली कांग्रेसलाई भन्न चाहन्छु यस्तो पाराले राजनीति हुँदैन,” उनले भने ।

उनले जन्मदिन प्रकरणमा कांग्रेसको विरोधलाई बेकारको तमासाको संज्ञा दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC