विदेश
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले पाकिस्तानी राजदूतहरूको सम्मेलनमा कस्मिर भारतको आन्तरिक मामिला हैन भन्ने दाबी गरेका छन् ।
दी टाइम्स अफ इन्डियाले दिएको समाचारअनुसार उनले कस्मिरमा भइरहेको पृथकतावादी आन्दोलनप्रति संकेत गर्दै स्वतन्त्रताको चाहना कस्मिरीहरूको रगतमै रहेको पनि टिप्पणी गरेका छन् ।
संयोगले यति नै बेला भारतका गृहमन्त्री राजनाथ सिंह दक्षिण एसियाली सहयोग संगठन सार्कको बैठकमा भाग लिन पाकिस्तानको इस्लामाबाद पुगेका छन् । सिंहको भ्रमणविरुद्ध इस्लामावादमा करिब दुई हजार जनाले प्रदर्शन गरेको पनि दी टाइम्स अफ इन्डियाले बिहीबार जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २०, २०७३ ११:४२
प्रतिक्रिया दिनुहोस्