site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आज दिल्लीमा ट्रम्पको कार्यक्रम : भारतीय समकक्षीसँग भेट, प्रधानमन्त्री मोदीसँग वार्ता
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । दुई दिने भारत भ्रमणका क्रममा सोमबार अहमदावादको भल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमाानस्थलमा अवतरण गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार दिल्लीमा व्यस्त हुने भएका छन् । 

राष्ट्रपति ट्रम्पले आज राष्ट्रपति भवनमा पुगेर भारतीय समकक्षी रामनाथ कोविन्दसँग भेट गर्ने भएका छन् । यसअघि ट्रम्पले राजघाट पुगेर भारतीय स्वतन्त्र सेनानी महात्मा गान्धीप्रति श्रद्धाञ्‍जली अपर्ण गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि हैदरावाद हाउसमा ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीसहितको द्वीपक्षीय प्रतिनिधिमण्डलसँग वार्ता गर्ने कार्यतालिका रहेको छ । त्यहाँ द्वीपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति ट्रम्प र  प्रधानमन्त्री मोदी हस्ताक्षरपछि संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । 

ट्रम्पले सोमबार मोटेरा स्टेडियममा 'नमस्ते ट्रम्प' कार्यक्रममा सम्बोधनका क्रममा भारतलाई तीन अर्ब अमेरिकी डलर बराबरको रक्षा उपकरणको सम्झौता गर्ने बताएका थिए । आज उक्त सम्झौतामा पनि हस्ताक्षर हुने भएको छ । 

Global Ime bank

अमेरिकी पहिलो महिला मेलानिया ट्रम्पले आजै दक्षिण मोतीबागस्थित दिल्ली गर्भमेन्ट स्कुलको अवलोकन गर्ने कार्यक्रम छ । त्यहाँ उनले 'ह्यापिनेस क्लास' को समीक्षा गर्ने बताइएको छ ।  

त्यसैगरी आजै भारतीय विदेशमन्त्री एस जयशंकर र उपराष्ट्रपति एम भेनकाय नायडुसँग भेट गर्ने कार्यक्रम छ । बेलुका ट्रम्प भारतीय समकक्षी कोविन्दले आयोजना गरेको 'स्टेट बैंक्वेट' मा सहभागी हुनेछन् । 

सोमबार ट्रम्प दम्पतीले आग्रास्थित ताज महलको अवलोकन गरेका थिए । 

ट्रम्प आफ्नो दुई दिने भ्रमण सकेर आजै राति १० बजे अमेरिका फर्किने एएनआईले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC