site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
शेखर परराष्ट्र मन्त्रालय नभए सरकारमा नजाने, निधिकै नेतृत्वमा कांग्रेस सरकारमा जाने तयारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा परराष्ट्र मन्त्रालय नपाए सरकारमा नजाने तयारीमा छन् ।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पनि सो कुराको पुष्टि गर्दै अहिले छलफलकै चरणमा रहेको बताए । “परराष्ट्र नपाए सरकारमा नजाने उहाँको पहिलेदेखिकै अडान हो,” उनले बाह्रखरीसँग भने ।
उता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका नेता विमलेन्द्र निधिलाई पार्टीको तर्फबाट सरकारको नेतृत्वमा पठाउने तयारी गरेका छन् । महाधिवेशनमा सहयोग गरेका नेता अर्जुननरसिंह केसीले पनि सभापति देउवालाई भेटेरै आफूलाई उपप्रधानमन्त्री बनाउनुपर्ने दबाब दिएको उच्च स्रोतले जानकारी दियो ।
देउवा निकट अर्का नेता प्रकाशशरण महतले पनि केसी सरकारमा जाने भए आफू पनि जान पाउनुपर्ने अडान राख्दै आएका छन् । “दबाबै दबाबका कारण सभापतिलाई निर्णय गर्न गाह्रो भएको छ,” देउवा निकट एक नेताले बाह्रखरीसँग भने । देउवाले भने अन्तिम समयमा निधिलाई नै सरकारमा पठाउने निर्णय लिने उनी निकट विश्वस्त स्रोतले जानकारी दिएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २०, २०७३  ११:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC