site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच भेटवार्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको  छ ।

प्रधानमन्त्री ओलीको निवास बालुवाटारमा भएको भेटवार्तामा एमसीसी, संविधान संशोधनका लागि कार्यदल गठन र अन्य विविध विषयमा छलफल भएको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यद्यपि प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले नियमित भेटघाट मात्र भएको र मूर्त रूपमा विषय केन्द्रित छलफल नभएको बताए ।

“दुई अध्यक्षबीच नियमित भेटघाट भइरहन्छ । त्यसैको निरन्तरता हो, विषयमै केन्द्रित रहेर कुनै कुराकानी भएको छैन,” उनले बाह्रखरीसँग भने ।

Global Ime bank

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरेपछि नेकपा भित्र र बाहिर तरङ्ग उत्पन्न भएको छ ।

त्यस्तै सचिवालयमा कार्यदलले पेस गरेको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) प्रस्ताव विचाराधीन छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC