site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा बस दुर्घटनामा परी निधन भएकाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसले तीर्थयात्राका लागि भारत गएका छ जना नेपाली बस दुर्घटनामा परी निधन भएकाप्रति दुःख व्यक्त गरेको छ ।

 तीर्थयात्राका लागि भारत गएका कम्तीमा छ जना नेपालीको यही फागुन ८ गते भारतको सलेम बेंगलरु नेशनल हाइवेमा मिनीबस दुर्घटना हुँदा मृत्यु भएको र केही गम्भीर घाइते भएका थिए । उनीहरुको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेसले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत दुर्घटनामा जीवन गुमाएकाहरुको शव सहजरूपमा स्वदेश ल्याउने प्रबन्ध गर्न र घाइतेको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । - रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC