site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मूल दोषीलाई कारवाही गर्न शान्ति समाजको माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभिन्‍न घोटालाका मूल दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन र संसद्मा प्रस्तुत विधेयकमा स्वतन्त्रता विरोधी प्रावधान हटाउन मागसहित मानवअधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । 

माइतीघरमा आज वाइडबडी-न्यारोबडी जहाज खरिद र बालुवाटार जग्गा घोटाला प्रकरणमा संलग्न मूल पात्रलाई उन्मुक्ति दिन खोजिएकोप्रति विरोध गर्दै समाजले एक घण्टा शान्तिपूर्ण प्रदर्शन गरेको हो । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं मन्त्रिपरिषद्का प्रवक्ता गोकुलप्रसाद बाँस्कोटा मुछिएको सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ प्रेस) खरिद प्रकरणको गहिरो छानबिन गरी दोषीमाथि कानूनी कारवाही प्रक्रिया अघि बढाउन समाजले सरोकार भएका निकायसँग माग गरेको छ ।

संसद्मा प्रस्तुत सूचना प्रविधिलगायत सञ्चार क्षेत्रसँग सम्बन्धित आधा दर्जनभन्दा धेरै विधेयकमा स्वतन्त्रता विरोधी प्रावधान हटाउन पनि समाजले प्रदर्शनमार्फत ध्यानाकर्षण गराएको छ । 
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक महासचिव सुवास ढकाल, सल्लाहकार होमकान्त चौलागाईं, उपसभापति रेनुका पौडेल, सचिवहरु रत्नलक्ष्मी श्रेष्ठ र बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराललगायत केन्द्रीय सदस्यको सहभागिता थियो । - रासस

Prabhu Bank
Agni Group
NIC Asia

अहिंसावादी पदयात्रीसँग छलफल

जय जगत् भन्ने मूल नारासहित भारतदेखि जेनेभासम्म सुरु भएको पदयात्राका क्रममा नेपाल आइपुगेका पाँच जना पदयात्री र समाजका सदस्यबीच छलफल  भएको छ । 

Global Ime bank

समाज केन्द्रीय कार्यालयमा आइतबार भएको छलफलमा पदयात्रीले पदयात्राको उद्देश्य र समाजका सदस्यले जगत्मुखी, जीवनमुखी, सेवामुखी उद्देश्य अनुरुप सञ्चालित अभियानका अनुभव आदानप्रदान गरेका थिए ।

अहिंसालाई मूल मन्त्र मानी महात्मा गान्धीको विचार प्रवद्र्धन गर्ने उद्देश्यसहित शुरु भएको जय जगत् अभियानले अहिंसा, जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबारे सचेतना र सामाजिक न्यायका लागि एक वर्षे पदयात्रा प्रारम्भ गरेको जनाएको छ । पचास जना पदयात्रीमध्ये नेपाल आएका पाँच जना छन् । कार्यक्रममा समाजका तर्फबाट जय जगत् अभियानलाई रु १६ हजार सहयोग पनि हस्तान्तरण गरिएको थियो ।

विगत १४ वर्षदेखि जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियानका साथसाथै हिमालय बचाऔँ अभियान समाजले सञ्चालन गर्दै आएको छ । समाजले हिमालय बचाऔँ, नदी जोगाऔँ शीर्षकमा केन्द्रित रही प्रदेश नं. १ मा फागुन तेस्रो साता कार्यक्रम आयोजना गर्ने भएको छ ।

अभियानको पहिलो चरण फागुन १४ गते सङ्खुवासभाबाट प्रारम्भ भई फागुन १९ गते मोरङमा समापन हुनेछ । अभियानका लागि दर्जन अभियानकर्मी फागुन तेस्रो साता काठमाडौंबाट सङ्खुवासभा जाँने भएका छन् । - रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC