site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल स्टारलाई वाइवाइको प्रायोजन
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली मौलिक गायन रियालिटी शो ‘नेपाल स्टार’ र वाईवाईबीच प्रायोजन सम्झौता भएको छ । 

नेपाल टेलिभिजनले उत्पादन गर्न लागेको रियालिटी शो नेपाल स्टार र वाईवाईबीच आइतबार एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नेपाल टेलिभिजनका लागि कि एडभरटिजमेन्ट र वाईवाईकातर्फबाट चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

Agni Group

रियालिटी शोमा आलोक श्री, रामकृष्ण ढकाल र अन्जु पन्त निर्णायकको भूमिकामा रहनेछन् । अर्का निर्णायक आलोक श्रीले नयाँ रियालिटी शोमा निर्णायकको रुपमा रहन पाएकोमा खुसी व्यक्त गरे । उनले सातवटै प्रदेश र काठमाडौंमा गरी ८ स्थानबाट लिइएको पहिलो चरणको अडिसन सकिएको समेत जानकारी दिए । अर्को अडिसन राउण्डमा जाँदा धेरै चुनौतीहरु रहेको उनले बताए । नेपाली संगितमा टेवा पुर्‍याउने खालको कलाकार खोज्ने आशा आफूहरुले गरेको उनको भनाई छ ।

निर्णायक रामकृष्ण ढकालले आफूले करियर सुरु गर्दा नेपालमा यस्ता रियालिटी शोहरु नहुँदा धेरै संघर्ष गर्नुपरेको उल्लेख गरे । 

Global Ime bank

अर्का निर्णायक अन्जु पन्तले आफूहरु राम्रो प्रतिभाको खोजीमा रहेको बताइन् । नेपालमा राम्रो आवाज भएका प्रतिभाहरु रहेकोले रियालिटी शो नेपाल स्टार उनीहरुको आशलाग्दो प्लेटफर्म रहेको उनको भनाई छ ।

रियालिटी शोमा ५० लाख पुरस्कार राखिएको छ । उत्कृष्ट चारमा परेका सबैर्लाइ पुरस्कार प्रदान गरिने नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले बताए । उत्कृष्ट चार जनाले नै जनही पाँच लाख र टाइटल विजेताले थप ३० लाख पुरस्कार पाउने उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC