site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाली औषधी बजारमा पनि कोरोनाको असर : मूल्य वृद्धिदेखि अभावसम्म !
Sarbottam CementSarbottam Cement

सांकेतिक तस्बिर


काठमाडौ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) को असर नेपाली औषधीबजारमासमेत देखिन थालेको छ । नेपालले सबैभन्दा धेरै भारत र चीनबाट औषधीकच्चा पदार्थको आयात गर्दै आएको नेपाल औषधीउत्पादक संघले जनाएको छ । 

संघका अनुसार चीनबाट २५ प्रतिशत, भारतबाट ७० प्रतिशत र अन्य देशहरुबाट ५ प्रतिशत नेपालमा उत्पादन हुने औषधिको कच्चा पदार्थ आयात हुने गरेको छ । संघका उपाध्यक्ष सन्तोषराज बरालले नेपालमा चीनबाट २५ प्रतिशत र ७० प्रतिशत र युरोपियन देशहरु अमेरिका, अष्ट्रेलिया आदिबाट ५ प्रतिशत औषधिको कच्चापदार्थ आयात हुने गरेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“भारतले ८० प्रतिशत औषधी उत्पादन गर्ने कच्चापर्दाथ चीनबाट आयात गर्ने गरेको छ,” उनले भने, “चीन र भारतबाट आउने कच्चा पदार्थमा ६० देखि १ सय प्रतिशतसम्म मूल्यवृद्धि भएको देखिएको छ ।”

उनले कोरोनाको असर कति लामो समयसम्म पर्ने हो,त्यसमा भरपर्छ,हाल नेपालमा उत्पादन हुने औषधीका लागि आवश्यक पर्ने कच्चा पदार्थ तीन महिनालाई पुग्‍ने गरी भण्डारण गरेर राखिएको बताए ।  हाल चीनले औषधीको कच्चा पर्दाथको अर्डर लिन मानेको छैन् । अहिले नै औषधीको मुल्य बढ्ने जस्तो देखिदैन्, तर तीन महिनासम्ममा पनि औषधीको कच्चा पदार्थ आयात नभए नेपाली बजारमा औषधी मूल्य बढ्ने र अभाव समेत हुने उनले बताए । 

Global Ime bank

उनले भने,  “औषधीको कच्चा पदार्थको मूल्य बढ्‍ने विषयमा औषधी व्यवस्था विभागमासमेत छलफल गरिएको छ ।”

औषधी बनाउन आवश्यक पर्ने सहायक कच्चा पदार्थहरुमा पनि हाल २० प्रतिशतदेखि २ सय प्रतिशत मूल्य बढेको संघले जनाएको छ । तर सरकारले ९६ प्रकारका औषधीको मूल्य तोकेको छ ।

कोरोनाको असर लामो समयसम्म रहे औषधी र कच्चा पदार्थ दुवै अभाव हुनसक्ने औषधी विज्ञहरु बताउँछन् । औषधी व्यवस्था विभागले भने कच्चा पदार्थको मूल्यमा वृद्धि भए पनि नेपालमा औषधी अभाव नरहेको जनाएको छ । 

विभागका वरिष्ठ औषधी व्यवस्थापक सन्तोष केसीले औषधी व्यायवसायी र उद्योगीहरुसँग छलफल भइरहेको बताए । 

केही दिनअघि औषधी उद्योगी र व्यावसायीकहरुसँग छलफलमा तीन महिना पुग्ने नेपालमा उत्पादन हुने औषधिको कच्चापदार्थ रहेको बताएका छन्,” उनले भने, “पछिल्लो चीनको घटनाक्रम हेर्दा दुई सातासम्म त्यहाँका औषधी उद्योगहरु नखुलेमा पुनः विचार गरिने छ ।” हाल कच्चा पदार्थको मूल्यमा वृद्धि भए पनि नेपालमा औषधी अभाव नरहेको उनले जानकारी दिए । नेपालले वार्षिक ८ देखि १० अर्ब मूल्य बराबरको औषधीको कच्चा पदार्थ आयात गर्दै आएको छ । 

सरकारले केही साताअघि १३ प्रकारको तयारी औषधी आयात नगर्न सरकारले निर्देशन दिएको थियो । नेपालले वर्षेनी ८ देखि १० अर्ब मूल्य बराबरको औषधीको कच्चा पदार्थ आयात गर्दै आएको छ । नेपाली बजारमा ४५ अर्ब मूल्य बराबरको औषधीखपत हुन्छ । नेपाल ४५ प्रतिशत औषधिमा आत्मनिर्भरको बताइएको छ ।

त्यस्तै, भारतले औषधीको निर्माणमा प्रयोग गर्ने ७० प्रतिशत कच्चा पदार्थहरु चीनबाट आयात गर्ने गरेको छ सस्तोमा कोरोनाको इपिसेन्टर हुबेइ प्रदेश सबैभन्दा मुख्य उत्पादन केन्द्र भएको हुँदा झन ठूलो समस्या हुने अनुमान गरिएको छ । कोरोनाको केन्द्र बिन्दु हुबेइ प्रदेश सबैभन्दा मुख्य उत्पादन केन्द्र भएको हुँदा झन ठूलो समस्या हुने अनुमान गरिएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC