site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इरानमा विद्यालय र सांस्कृतिक केन्द्रहरु बन्द, दक्षिण कोरियामा उच्च सतर्कता 
Ghorahi CementGhorahi Cement

तेहरान । इरानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ भने दर्जनभन्दा बढी संक्रमित भएको अधिकारीहरुले जनाएका छन् । कोरोनाको संक्रमण नियन्त्रणका लागि त्यहाँका विद्यालय, विश्वविद्यालयहरु र सांस्कृतिक केन्द्रहरु बन्द गरिएका छन् । 

मारकाजी प्रान्तका गर्भनर अलि अघाजादेहले शनिबार बेलुका केन्द्र सहर अराकमा मृत्यु भएकाहरु कोरोना संक्रमित भएको बताएका थिए । इरानको समाचार संस्था आईआरएनएलाई बताउँदै गर्भनर अलिले उनीहरुमा मुटुको समस्यासमेत देखिएको बताएका थिए । 

उनका अनुसार इरानमा २८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कोरोनाका कारण मृत्यु भएका सबै इरानी भएको बताइएको छ । 

Agni Group

गत वर्षको अन्त्यतिर डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोनाका कारण २३ सय ४५ जनाको मृत्यु भइसकेको छ भने २६ भन्दा बढी मुलुकमा फैलिइसकेको छ । 
दक्षिण कोरियामा उच्च सतर्कता !

कोरोनाको संक्रमण तीव्र रुपमा वृद्धि भएपछि दक्षिण कोरियामा उच्च सतर्कता अपनाइएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ-इनले 'मुलुकले गम्भीर अवस्थाको सामना गर्नुपरेको र आगामी दिन थप चुनौतीपूर्ण हुने' बताएका छन् ।

Global Ime bank

दक्षिण कोरियामा कोरोनाका कारण पाँच जनाको मृत्यु भइसकेको छ भने ६ सयभन्दा बढी संक्रमित बनेका छन् । 

दक्षिण कोरियाले एक साताका लागि विद्यालय बिदा लम्ब्याउने घोषणा गरेको छ ।

आइतबार मात्र दक्षिण कोरियामा एक सय ६९ जनामा संक्रमण भेटिएको थियो । -बीबीसीअलजजिरा


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC