site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महाशिवरात्रीमा आएका साधुसन्तको विदाइ, एक हजारदेखि १० हजारसम्म दक्षिणा
Ghorahi CementGhorahi Cement


काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तहरुको विदाइ गरिएको छ ।

महाशिवरात्रीकोमा छिमेकी मुलुक भारतलगायत विभिन्न ठाउँमा आएका पाँच हजारभन्दा बढी साधुसन्तहरुको आइतबार विदाइ गरिएको हो । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित सन्तहरुको बिदाइ गरेको हो । 

Agni Group

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले पाँच हजारभन्दा बढी साधुसन्तहरुको विदाइ गरिएको बताउए । विभिन्न श्रेणीअनुसार एक हजारदेखि १० हजार रुपैयाँसम्म दक्षिणा दिएर विदाइ गरिएको उनले बताए । गुठीको परम्परा अनुसार साधुहरुलाई दक्षीणा दिएर उनीहरुको विदाइ गरिएको हो ।

साधुसन्तहरुका लागि १० लाख रुपैयाँ छुट्याइएको थियो । विभिन्न ठाउँबाट आएका सन्तहरुको खाना तथा बस्नको व्यवस्था शिवालय क्षेत्रमा गरिएको थियो । त्यसको व्यवस्थापनका लागि ३० लाख रुपैयाँ बजेट छुट्याइएको कोषले जनाएको छ । विदाइ समारोहमा दक्षिणाको विषयमा असन्तुष्टि जनाउँदै केही साधुसन्तहरुले आक्रोश व्यक्त गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC