site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अपर दोर्दी ‘ए’ बनाउँदै गरेको लिबर्टीले साढे ३७ लाख कित्ता आईपीओ जारी गर्न पाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३७ करोड ५० लाख रुपैयाँ बराबरको ३७ लाख ५० हजार कित्ता आईपीओ निष्काशनको अनुमति दिएको हो ।

लिबर्टीले लमजुङको दोर्दी खोलामा २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सेबोनको अनुमति अनुसार कम्पनीले आयोजना प्रभावित बासिक्दाका लागि १५ लाख र सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता प्राथमिक सेयर जारी गर्न पाउनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

दोर्दी गाउँपालिकामा निर्माणाधीन अपर दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणममा पुगेको छ । प्राकृतिक विपत्तिले अवरुद्ध भएको निर्माण कार्यले फेरि लय समात्न थालेपछि आयोजना लक्षित समय चैत मसान्तमै सम्पन्न हुने देखिएको हो ।

Global Ime bank

अयोजनाको कुल लागत ४ अर्ब ६३ करोड रहेको छ । जसअनुसार प्रतिमेगावाट लागत साढे १८ करोड रुपैयाँ छ ।

यो प्राथमिक निष्काशन लिबर्टीको चुक्तापुँजीको २५ प्रतिशत हो ।

दोर्दी ‘ए’ जलविद्युत् आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन गर्ने छ । 

यो पनिः
चैत मसान्तमै बिजुली बाल्ने ‘अपर दोर्दी ए’ को तयारी 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC