site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोना नियन्त्रणका लागि इटालीका दुई सहर 'लकडाउन'
Sarbottam CementSarbottam Cement

युरोपमा सबभन्दा बढी प्रभावित क्षेत्र इटालीमा नोभेल कोरोना भाइरस नियन्त्रणका लागि 'अतिरिक्त उपाय' अवलम्बन गरिएको छ । प्रधानमन्त्री ज्युसेपे कोन्‍टेले शनिबार आपतकालीन योजना सार्वजनिक गर्दै 'कडा प्रतिबन्ध' को घोषणा गरेका हुन् । 

इटालीमा कोरोना संक्रमितको संख्या ७९ पुगेको छ । कोभिड-१९ को संक्रमणका कारण दुई जना इटालीयनको मृत्यु भएपछि सरकारले इटालीमा कडा प्रतिबन्धको घोषणा गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारको उक्त आपतकालीन योजना अन्तर्गत उत्तरी क्षेत्रमा पर्ने लोम्बार्डफ र भेनेटोलाई क्‍वारेन्टाइन गरिएको हो । अधिकारीका अनुसार उक्त दुई सहरका करिब ५० हजार मानिसहरुलाई घर बाहिर ननिस्किन आग्रह गरिएको छ । 

प्रधानमन्त्री कोन्टेले भने, "कोरोना प्रकोप भएका क्षेत्रमा प्रवेश गर्न र त्यहाँबाट अनयत्र जान प्रतिबन्ध लगाइएको छ । तर, विशेष परिस्थितिमा भने उक्त प्रावधान लागु हुनेछैन ।" 

Global Ime bank

उक्त क्षेत्रका सम्पूर्ण विद्यालयहरु बन्द गरिएका छन् भने खेल कार्यक्रमहरु स्थगित गरिएका छन् । आइतबार उक्त क्षेत्रमा विभिन्‍न फुटबल सिरिजहरु हुने तय भएको थियो । 

प्रहरी र आवश्यक परेमा सेना परिचालन गरिने अधिकारीहरुले बताएका छन् । इटालियन अधिकारहरु आइसोलेटेड क्षेत्रभन्दा बाहिर कोरोना फैलिइसकेकोले त्यसलाई नियन्त्रणमा लिन समस्या हुनेमा त्रसित बनेका छन् । - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC