site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एनआईसी एशियाको न्यु सुपर चमत्कारिक मुद्धती योजना
Ghorahi CementGhorahi Cement

काठमाडौं । बैंक पनि साथी पनि भन्ने नारासहित सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आएको एनआईसी एशिया बैंकले ब्याजको साथै २१ लाख रुपैयाँसम्मको बिमा सुविधासहितको न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजना सञ्चालन गरिरहेको छ । बैंकले मुद्धती निक्षेप खाता खोलेकै आधारमा २१ लाख तीन बिमा सुविधा प्राप्त गर्न सक्नेछन् । 

यो बिमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रूपमा अशक्त भएमा १० लाख, १८ घातक रोगहरूका लागि १० लाख र १ लाखसम्मको औषधि उपचार बिमा सुविधा उपलब्ध रहेको बैंकले जनाएको छ । 

Agni Group

यस्तै औषधि उपचार बिमाअन्तर्गत बैंकले आफ्ना ग्राहकलाई अझ विशेष सुविधा प्रदान गर्न बहिरंग (ओपीडी) उपचारमा २० हजारसम्म र अस्पताल भर्नाबापत् ८० हजारसम्मको बिमा सुविधा प्रदान गर्नेछ । उक्त ओपीडी बिमा सेवाले ग्राहकलाई अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेस्ट, औषधिलगायत खर्चहरू बापत २० हजार सम्मको भरपाई गर्ने बैंकले जनाएको छ । 

मुद्धती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट योजना रहेको दाबी बैंकको छ । बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ ग्राहकले यो सुविधाबाट ६० लाख भन्दा बढीको बिमा दाबी प्राप्त गरिसकेको बैंकले जनाएको छ । 

Global Ime bank

ग्राहकले २१ लाखसम्मको बिमा आफैंले गर्न परेमा १४ हजार बिमा शुल्क बुझाउनुपर्ने भन्दै बैंकको न्यु सुपर चमत्कारिक योजनामा बैंक स्वयंले उक्त बिमा सुविधा बिमा शुल्क बुझाउने गरेको बैंकले जनाएको छ । एभरेष्ट इन्स्योरेन्ससँग सम्झौता गरेर बिमाशुल्क बैंकले बुझाउने गरेकोले ग्राहकलाई बैंकमा खाता खोल्दा करिब १४ हजारको फाइदा हुने दाबी बैंकको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC