site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
राष्ट्रिय बिमा संस्थान ५३औं वर्षमा प्रवेश, अर्थमन्त्रीले भने– अब त सुध्रेला कि !
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थान स्थापनाको ५३औं वर्षमा प्रवेश गरेको छ ।  संस्थानको स्थापना २०२४ फागुनमा भएको हो ।

राजधानीमा आइतबार आयोजित वार्षिकोत्सव समारोहमा अर्थमन्त्री युवराज खतिवडाले जीवन बिमा क्षेत्रमा संस्थानले आफ्नो पहुँच बढाउन शाखा कार्यालयका साथै अभिकर्ताको संख्या, गुणस्तर र क्षमता पनि बढाउन सुझाए । सो अवसरमा उनले सरकारले सामाजिक सुरक्षाको दायरा फराकिलो पार्न बिमाको पहुँच विस्तार हुने गरी बिमा सेवा प्रदायक निकायहरूको संस्थागत र प्रणालीगत सुधार गर्ने, घुम्ती बिमा कार्यक्रम सञ्चालन गर्ने नीति लिएको बताए ।

बिमा सेवा प्रदायक संस्थाको व्यापक विस्तारका कारण पछिल्ला वर्षमा बिमा सेवाको उल्लेख्य विस्तार भएको भन्दै उनले भने, “हालसम्म नेपालको कुल जनसंख्याको २२ प्रतिशत जनतामा मात्र बिमाको पहुँच पुगेको परिप्रेक्षमा संस्थानको भूमिका अझ प्रभावकारी हुँदै जानुपर्ने देख्छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

बिमाका जोखिमलाई विविधीकरण गर्न पुनर्बिमाको जोखिमलाई पनि विविधकरण गर्नुपर्ने आवश्यकता उनले औंल्याए । बिमाको दायरा बढाउँदा साना, सीमान्तकृत र चरम गरिबीको रेखामुनी रहेकालाई पनि समेट्ने गरी लाग्न उनको आग्रह छ ।

संस्थानले संकलन गरेको बिमकको लगानीयोग्य रकमलाई सुरक्षित तथा प्रतिफलमुखी क्षेत्रमा लगानी प्रवाह गर्न सकिए यसले मुलुकको पुँजी बजार विकासतमार्फत आर्थिक विकासमा थप योगदान पुर्‍याउने विश्वास गरे ।

Global Ime bank

अर्थमन्त्री खतिवडाले बिमा कम्पनीले ठुलाठुला ग्राहक खोज्ने, ठुल्ठुला कारोबार मात्रै गर्ने सानातिना बिमा गर्नुपर्ने व्यवसायलाई हेर्दै नहेर्ने प्रवृतिको अन्त्य गर्नसमेत आग्रह गरे । त्यसका लागि आफूले गरेको कुल कारोबारको ५ प्रतिशत बिमा लघुबिमा गरेको हुनुपर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

अर्थमन्त्री खतिवडाले अलि धेरै कमाउनेबाट कर बढी उठाएर भए पनि गरिबीको रेखामुनि रहेका नागरिकको बिमा गरिने बताए । उनले भने, “अर्थमन्त्रीको काम कर उठाउने र पुनर्वितरण गर्ने हो । तपाईंहरूले दिनुभएन भने कर गरिबकहाँ पुग्दैन ।”

आफू करको विषयमा कठोर भएको बताउँदै उनले थपे, “हामी श्रमजीवी वर्गको पार्टी भन्छौं । हामी तल्ला वर्गको जनताको उत्थान गर्ने पार्टी भन्छौं, श्रमिकको पार्टी भन्छौं । गरिबको पार्टी भन्नेले उनीहरूको उत्थान नगरे कसले गर्ने ?” उनले थपे, “त्यसो हुनाले करको विषयमा अलि म कठोरै छु साथीहरू, यो बुझ्दिनुहोला ।”

सरकारले साढे १६ लाख गरिब परिवारको बिमा गरिदिने

संस्थानको वित्तीय विवरण लामो समयदेखि स्वीकृत हुन सकेको छैन । वित्तीय विवरण स्वीकृत गर्न बिमांकीय मूल्यांकन गर्नुपर्ने कानुनी व्यवस्था भएका कारण बिमा समितिबाट वित्तीय विवरणहरू स्वीकृत हुन बाँकी रहेको हो । त्यो नहुँदा संस्थानको साधारणसभा हुन नसकेको परिप्रेक्ष्यमा खतिवडाले संस्थान अब सुध्रिने अपेक्षा गरे । उनले भने, “बिमा समिति अध्यक्षज्यूले पनि संस्थानको उत्थान आफ्नो कार्यकालको ठूलो उपलब्धि हुने मानेकाले खतिवडाले केही समयमा संस्था बदलिने अपेक्षा गरे ।

यसअघि बिमा समिति अध्यक्ष चिरञ्जीवी चापागाईंले संस्थानको वार्षिक साधारणसभा गराउन सके आफ्नो चारवर्षे कार्यकाल सफल हुने घोषणा गरे । उनले भने, “समितिले १७ बुँदै निर्देशन दिइसकेको छ । संस्थानको १० वर्षदेखिको बिमांकीय मूल्यांकन केही समयमै गराउँछौं ।” आफ्नो बाँकी १० महिना कार्यकालमा यति काम गर्न सके आफू सफल हुने उनले बताए ।

नेपालको बिमा बजारमा दक्ष जनशक्तिको उत्पादन र विकासमा संस्थानको योगदानको कदर गर्दै संस्थानले आफनो वित्तीय विवरणको पारदर्शीमार्फत स्वस्थ व्यावसायिकताको माग पहिल्याउन सक्नुपर्ने पनि बताए ।

संस्थान सञ्चालक समिति अध्यक्ष गंगाराम कँडेलले नेपालको सबभन्दा पुरानो एक मात्र सरकारी बिमकका रूपमा संस्थानले गौरवमय इतिहास बोकेको भन्दै एकै चौमासिकमा तीन गुणा बिमा प्रिमियम जम्मा गर्न सफल भएको बताए ।

संस्थानका प्रशासक कविप्रसाद पाठकले संस्थानले अहिले मुलुकमा स्थापित १९ जीवन बिमा कम्पनीसँग प्रतिस्पर्धा गर्दै आफ्नो पहिचानलाई मजबुत गराउँदै लगेको जानकारी दिए । उनले चालु आवको प्रथम अर्धवार्षिकको अन्त्यसम्ममा जीवन बिमा प्रदायकहरूको जीवन बिमा कोषमा रहेको २ खर्ब ६५ अर्ब ७१ करोड मध्ये संस्थानको कोषमा २५ अर्ब ९६ करोड रहेको बताए । पाठकका अनुसार संस्थानमा कुल बिमालेख संख्या संख्या ६ लाख ८९ हजार छ । यसै आवभित्रै थप १० शाखा कार्यालय स्थापना गरी २४ पुर्‍याउने पाठकको योजना छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC