site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खेलाडीले दश दिनभित्र सागको पुरस्कार पाउँछन् : सदस्य सचिव सिलवाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । १३औँ सागमा पदक विजेता खेलाडीहरूले सरकारले घोषणा गरेको पुरस्कार रकम दश दिनभित्र पाउने राष्ट्रिय खेलकुद परिष्दका सदस्य सचिव रमेश सिलवालले बताएका छन् । उनले खेलकुद मन्त्रालयले रकम उपलब्ध नगराउँदा खेलाडीले रकम नपाएको बताए ।

सिलवालले सरकारले पैसा उपलब्ध गराउएको भोलिपल्टै खेलाडीको हातमा आउने बताए । सदस्य सचिव सिलवालले साग सकिएको एक महिनापछि सबै खेलाडीले पुरस्कार रकम पाउने घोषणा गरेका थिए । खेलकुद मन्त्रालयबाटै पुरस्कार रकम नआउँदा खेलाडीलाई रकम दिन नसकेको सिलवालले बाह्रखरीलाई बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“खेलकुद मन्त्रालयबाटै पुरस्कार रकम आएको छैन । आउनेबित्तिकै हामीले खेलाडीलाई दिन्छौं । विभिन्न सरकारी कामले गर्दा हस्तान्तरणमा ढिलाइ भएको हो । अबको दश दिनभित्र पुरस्कार बाँडिसक्छौं,” सिलवालले भने ।

सागमा नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित २०५ पदक जित्न सफल भएको थियो । नेपाली खेलाडीले गरेको मिहिनेत र सफलतालाई प्रोत्साहन गर्दै प्रधानमन्त्री केपी ओलीले गत मंसिर २५ गते नेपाली खेलाडीहरूलाई पुरस्कारको घोषणा गरेका थिए ।

Global Ime bank

ओलीले एक स्वर्ण विजेताले ९ लाख, दुईभन्दा बढी जित्नेले एक स्वर्ण बराबर ११ लाख प्राप्त गर्ने तथा रजत विजेताले ६ लाख र कास्य विजेताले ३ लाख प्राप्त गर्ने घोषणा गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC