site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वामदेवलाई राष्ट्रियसभामा लैजाने बाटो खोज्दै नेकपा, कार्यदल गठन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने तयारी गरेको छ ।

शनिबार बसेको सचिवालय बैठकमा गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा छलफल भएको थियो ।

उनले राष्ट्रियसभा सदस्यको हैसियत प्रतिनिधिसभा सदस्य बराबर हुनुपर्ने अडान राख्दै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसको अर्थ राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउनेगरी संविधान संशोधन गर्नुपर्ने माग गौतमको छ ।

त्यसको अध्ययनका लागि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा कार्यदल समेत गठन गरिएको स्रोतले जानकारी दियो ।

Global Ime bank

स्रोतका अनुसार कार्यदलमा दलका उपनेता सुवास नेम्वाङ र खिमलाल देवकोटालाई सदस्य बनाइएको छ ।

कार्यदलले राष्ट्रियसभा सदस्य पनि प्रतिनिधिसभा सदस्यकै हैसियतमा अर्थात् प्रधानमन्त्री बन्न सक्ने बाटो पहिल्याउने भएको छ ।

संविधानको धारा ७६ मा मन्त्रिपरिषद गठनको व्यवस्था गरिएको छ ।

“राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ,” संविधानको धारा ७६ (१) मा उल्लेख छ ।

सोही धाराको उपधारा (२) मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC