site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर बजारमा कीर्तिमानै कीर्तिमान, साढे ३ अर्बको कारोबार हुँदा नेप्सेमा ६९ अंकको उछाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । सेयर बजारमा सोमबार कीर्तिमानी कारोबार भएको छ । साताको पहिलो दिन आयतबार पुँजीबजारमा नेप्से परिसूचक ६९ दशमलव ५६ अंकले बढेको हो भने कारोबार रकम अहिलेसम्मकै उच्च हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बजारमा ३ अर्ब ६० करोड ८५ लाख २६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो क्रममा १ सय ७८ कम्पनीका ८७ लाख ६९ हजार कित्ता सेयर कारोबारमा आए । यसअघि बिहीबार नेप्सेमा कारोबार रकमले नयाँ किर्तिमान कायम गरेको थियो । सो दिन बजारमा २ अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच भएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सर्वाधिक कारोबारको कीर्तिमान कायम गरेको दिन नेप्से ४ दशमलव ८५ प्रतिशतले बढेर १५ सय ४ दशमलव १४ अंकमा पुगेको हो । अर्थमन्त्रीबाट युवराज खतिवडाको बहिर्गमन हुने हल्ला चलेपछि सेयर बजारले नयाँ रेकर्ड कायम गरेको लगानीकर्ताले बताए ।

नेप्से बढ्दा समूहगत परिसूचकतर्फ सबै समूह उच्च अंकले उकालो लागे । त्यसमध्ये ट्रेडिङ समू सर्वाधिक ८ दशमलव २५ प्रतिशतले बढ्दा बैंकिङ समूह पनि ७ दशमलव १५ प्रतिशतले बढ्यो । अंकका आधारमा जीवन बिमा समूह सर्वाधिक १ सय ९२ दशमलव ३६ अंकले बढ्यो ।

Global Ime bank

बजार बढेको दिन ११ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । जसमध्ये फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले बढेको छ । नेप्से घटेको दिन २५ कम्पनीको सेयर मूल्य घट्यो भने ७ कम्पनीको सेयर मूल्य यथावत् रह्यो ।

यसदिन कारोबार रकमका आधारमा एनएमबी बैंक अगाडि रह्यो । बैंकको १२ करोड रुपैयाँको सेयर मूल्य किनबेच हुँदा अरू तीन कम्पनीको पनि १० करोडभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC