site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विभिन्न घोटालाका दोषीमाथि कारबाहीको माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले  विभिन्न घोटालाका मूल दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन र संसदमा प्रस्तुत विधेयकमा स्वतन्त्रता विरोधि प्रावधान हटाउन माग गरेको छ । आइतबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै समाजले यस्तो आग्रह गरेको हो ।

वाइडबडी/न्यारोबडी जहाज खरिद प्रकरण र बालुवाटार जग्गा घोटाला प्रकरणमा संलग्न मूल पात्रहरुलाई उन्मुक्ति दिन खोजिएकोप्रति विरोध गर्दै शान्ति समाजले एक घण्टा प्रदर्शन गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी पछिल्लो संस्करणमा तत्कालीन मन्त्री एवं मन्त्रि परिषद्का प्रवक्ता गोकुल बाँस्कोटा मुछिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बाँस्कोटा लगायत माथि गहिराइमा छानबिन गरी कारबाही प्रकृया अघि बढाउन शान्ति समाजले सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

यस्तै संसदमा प्रस्तुत सूचना प्रविधि लगायत संचारक्षेत्रसँग सम्बन्धित आधा दर्जनभन्दा ज्यादा विधेयकमा निहित स्वतन्त्रता विरोधी प्रावधान हटाउन पनि शान्ति समाजले प्रदर्शन मार्फत् पुन ध्यानाकर्षण गराएको छ ।

Global Ime bank

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक महासचिव सुवास ढकाल, सल्लाहकार होमकान्त चौलागाई, उपसभापति रेनुका पौडेल, सचिवहरु रत्नलक्ष्मी श्रेष्ठ र बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, सरस्वती ढकाल, नम्रता खरेल, काठमाडौं शाखा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जारा लगायत अधिकारकर्मीहरुको सहभागिता थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC