site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाका कारण वुहानमा अर्का चिकित्सकको मृत्यु 
Ghorahi CementGhorahi Cement

बेइजिङ । नोभेल कोरोना भारइसरका कारण वुहानमा अर्को एक चिकित्सकको मृत्यु भएको छ । वुहानको सीही जियाङबेइ अस्पतालको ग्यास्ट्रोयटेरोलोजी विभागमा कार्यरत २९ वर्षीय सीया सीसीको मृत्यु भएको सीएनएनले जनाएको छ । 

कोरोना भाइरसको लक्षण देखिएपछि जनवरी १९ मा उपचारका लागि अस्पताल भर्ना गरिएका थिए । उनको स्वास्थ्यमा थप समस्या आएपछि वुहान विश्वविद्यालयको जोङनान अस्पतालमा लगिएको थियो ।  

Agni Group

अस्पतालले एक विज्ञप्ति जारी गर्दै फेब्रुअरी २३ बिहान ६:३० बजे उनको मृत्यु भएको पुष्टि गरेको हो । अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "डा. सीसीको अप्रत्याशित निधनप्रति श्रद्धाञ्‍जली र परीवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।" 

यसअघि बिहीबार नै २९ वर्षीय एक अर्का चिकित्सक पेङ यिनहुआको पनि कोरोना भाइरसकै कारण मृत्यु भएको थियो । त्यसअघि कोरोनाको पहिलो चेतावनी दिने चिकित्सक लि वेनलियाङको मृत्यु भएको थियो । डा. लिलाई सुरुमा प्रहरीले भ्रम फैलाएको भन्दै चेतावनी दिएको थियो । लिको मृत्युपछि चीनमा अभिव्यक्ति स्वतन्त्रताको मागसमेत गरेको थियो । 

Global Ime bank

चिनियाँ अधिकारीका अनुसार चीनका विभिन्‍न अस्पतालमा कार्यरत तीन हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोनाको संक्रमण भएको बताएका छन् । -सीएनएन

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC