site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खेलाडीले अझै पाएनन् सागको पुरस्कार, भन्छन्- बासी भात खाएसरह भयो
Sarbottam CementSarbottam Cement

काठमाडौं । गएको मंसिर १४ देखि २४ गते सम्म नेपालमा १३ औँ साग भव्य रुपमा सम्पन्न भयो । घरेलु मैदानमा आयोजना भएको सागमा नेपालले ऐतिहाँसिक सफलता हात पार्न सफल भयो । सागमा नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक जित्न सफल भयो । नेपालले सागमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गर्‍यो । नेपालको ऐतिहासिक सफलता पछि खेलाडीहरुले धेरै मेहेनत गर्न परेको थियो । नेपाली खेलाडीले गरेको मेहेनत र सफलतालाई प्रोत्साहन गर्दै प्रधानमन्त्री केपी वलीले गत मंसिर २५ गते नेपाली खेलाडीहरुलाई पुरस्कारको घोषणा गरे ।

वलीले नेपाली खेलाडीले ठूलो सफलता हात पारेको बताउँदै मोटो रकमको घोषणा गरे । उनले एक स्वर्ण विजेताले ९ लाख, दुईभन्दा बढी जित्नेले एक स्वर्ण बराबर ११ लाख प्राप्त गर्ने तथा रजत विजेताले ६ लाख र कास्य विजेताले ३ लाख प्राप्त गर्ने घोषणा गरे । प्रधानमन्त्रीले पुरस्कार रकम घोषणा गरेको तीन महिना पुग्न लाग्दा पनि हाल सम्म खेलाडीले पुरस्कार रकम पाएका छैनन् । सरकारले दिने भनेको पुरस्कार रकम समयमै नपाउँदा, रकम पाउने हो या होइन भन्ने कुरामा अन्योल भएको खेलाडीहरुको गुनासो छ । उनीहरु सरकारले पुरस्कार समयमै नदिँदा समस्यामा परेको पनि बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“पुरस्कार रकम घोषणा गरेको तीन महिना पुग्न थाल्यो । रकम कहिले पाउने हो भन्ने आज सम्म पनि जानकारी छैन् । पुरस्कार रकम घोषणा गरेको दिन देखि आज सम्म कुनै निकायबाट कहिले पाउने भन्ने विषयमा पनि जानकारी आएको छैन् । अब त पुरस्कार रकम बासि भात खाए सरह हुनेभयो,” सागमा करातेतर्फ स्वर्ण विजेता खेलाडी अनु अधिकारीले भनिन् ।

त्यस्तै सागमा  बक्सिङतर्फ स्वर्ण विजेता सनिल शही पनि पुरस्कार रकमको पर्खाइमा छन् । प्रदेश नम्बर तीनबाट छनोट हुँदै सागमा सहभागिता जनाएका उनलाई यो पुस्कारले खेल जीवनमा केही सफलताको महसुश दिलाएको थियो । तर, घोषणाको तीन महिना पुग्न लाग्दा पनि पुरस्कार रकम हातमा नपर्दा उनी अहिले दुखि छन् ।

Global Ime bank

“घोषणा भएको दिन नि धेरै भइसक्यो । आज सम्म कसैले केही जानकारी गराएको छैन् । न खेलकुद परिष्द न मन्त्रालय । खेल संघहरुले पनि यस विषयमा कुनै जानकारी गराएको छैनन् । लामो समय सम्म पुरस्कार नपाउँदा पुरस्कार रकमा नै संका लाग्न थालेको छ,” सनिलले भने ।

उता पुरस्कार रकम प्रति राष्ट्रिय खेलकुद परिष्द पनि अनविज्ञ छ । उसोत परिसष्दका सदस्य सचिव रमेश सिलवालले साग सकिएको एक महिना पछि सबै खेलाडीहरुले पुरस्कार रकम पाउने घोषणा गरेका थिए । खेलकुद मन्त्रालयबाट नै पुरस्कार रकम नआउँदा खेलाडीलाई रकम दिन नसकेको सिलवाल बताउँछन् ।

“खेलकुद मन्त्रालयबाट ने पुरस्कार रकम आएको छैन् । मन्त्रालयबाट आउने वित्तिकै हामीले खेलाडीलाई हस्तान्तर गर्नेछौं । बिभिन्न सरकारी कामले गर्दा हस्तान्तरणमा ढिलाई भएको हो । अबको दश दिन भित्र हामीले खेलाडीलाई पुरस्कार रकम हात पार्नेछौं,” सदस्य सचिव सिलवालले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC