site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ऐतिहासिक स्वर्णकी हकदार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सागमा नेपाली साइक्लिङको इतिहास लामो छैन । सन् २०१६ मा नेपाल पहिलोपटक सागको साइक्लिङमा सहभागी भएको थियो । पहिलोपटक नेपाललाई सफलता भने हात परेन । त्यतिबेला नेपाली माउन्टेन बाइकिङका खेलाडीले रोड साइक्लिङमा सहभागिता जनाएका थिए । १२ औँ सागको साइक्लिङ विधामा सहभागिता जनाउने नेपाली खेलाडीमध्ये एक थिइन् लक्ष्मी मगर । उनी त्यतिबेला नेपाललाई पदक दिलाउन असमर्थ भइन् ।

माउन्टेन बाइकिङ विधाकी लक्ष्मीले १३ औँ सागमा यो विधा समावेश हुने आशा गरेकी थिइन् । भयो पनि । साइक्लिङमा नेपालको सहभागिताका हिसाबले दोस्रो सागमा लक्ष्मीसहित अन्य खेलाडीहरू ऐतिहासिक स्वर्णको हकदार बने । लामो समयदेखि तयारी गरेकी लक्ष्मीले घरेलु मैदानमा भएको प्रतियोगितामा स्वर्ण जित्ने विश्वास लिएकी थिइन् ।

त्यसो त घरेलु मैदानमा भएको सागमा सहभागी हुने सबै नेपाली खेलाडीले खेल स्थानमा अभ्यास गर्न भने पाएनन् । जसले पाए उनीहरूको नतिजा सुखद भयो । खेल स्थानमा कम तयारी गरेर पनि केही खेलाडीले राम्रो सफलता हात पारे । लक्ष्मीले सागको तयारी गर्ने समयमा भन्दा प्रतियोगिताको दिनमा केही मिनेट धेरै लगाइन् । तै पनि उनको स्वर्ण यात्रामा कोही बाधक भने बन्न सकेन । १२ औँ सागदेखि नै रहेको स्वर्णको भोक उनको खेलमा प्रष्ट देख्न सकिन्थ्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

“माउन्टेन बाइकिङ विधाको पर्खाइमा थिएँ । १२ औं सागमै  यो विधा समावेश भएको भए सफलता मिल्ने कुरामा दुई मत थिएन । ढिलै भए पनि सफलता मिल्यो । यसका लागि तयारी पनि बेग्लै किसिमको थियो । स्पर्धामा आफूले सोचेभन्दा धेरै राम्रो प्रदर्शन गर्न सक्छु भन्नेमा विश्वस्त थिएँ । त्यसको सफलता घरेलु मैदानमा नै हात पर्दा धेरै खुसी छु,” लक्ष्मीले भनिन् ।

Global Ime bank

लामो समयदेखि यही प्रतिस्पर्धाका लागि तयारी गरेकी उनलाई स्वर्ण जित्दा भने धेरै खुसी भने मिलेन । उनकै भाषामा भन्दा लामो समयदेखि तयारी गर्दा मिलेको टाइमिङभन्दा उनी केही समयपछि परिन् । जसले गर्दा उनलाई आजसम्म पनि आफूले सोचे जस्तो उत्कृष्ट प्रदर्शन गर्न नसकेको महसुस हुन्छ ।

“सागको तयारी गर्दा मरो टाइमिङ एकदमै राम्रो थियो । सागमा जस्तो सुकै प्रतिस्पर्धी आए पनि हराउन सक्छु भन्ने लागेको थियो । अन्तिम दिनमा भने त्यसले निरन्तता पाउन सकेन । सफला त मिल्यो तर आफूले अनुमान गरे बमोजिम भने प्रदर्शन गर्न सकिन । मलाई सफलता मिल्नुभन्दा ठूलो कुरा आफूले सोचेभन्दा उत्कृष्ट प्रदर्शन गर्नुमा गर्व महसुस हुन्छ,” लक्ष्मीले भनिन् । 

लक्ष्मीले माउन्टेन बाइक क्रस कन्ट्रीको विधामा नेपालका लागि स्वर्ण जिताएकी थिइन् । उनले जितेको स्वर्ण १३ औँ सागमा नेपालका लागि दोस्रो हो । पोखरामा भएको साइक्लिङको विधामा नेपालले चार स्वर्ण जितेको थियो । साइक्लिङको विधामा नेपालले जितेको सबै स्वर्ण पहिलो हो । स्वर्ण जिति सकेपछि लक्ष्मी धरै उत्साहित पनि भइनन् । खेल हुने स्थानमा लामो समय तयारी गर्न नपाएकी उनले प्राविधिक कुरामा भने केही कजोर भएको महसुस गरिन् । 

“सधैँदेखि रहेको स्थानमा पनि तयारी गर्न पाएनौँ । लामो समयबाट खेल हुने स्थानमा तयारी गरेको भए हामीले सोचेभन्दा धेरै राम्रो प्रदर्शन गर्ने थियौँ । खेल हुने केही दिनअघि मात्र हामीले उक्त स्थानमा तयारी गर्न पायौँ । त्यसैले त्यहाँको प्राविधिक कुरामा कमजोरी भए पनि खेलमा भने कमजोरी भएन । सफलता हात प¥यो त्यसैमा खुसी छु,” लक्ष्मीले सागलाई सम्झिँदै थियौं,” लक्ष्मीले भनिन् । 

सन् २००८ बाट साइक्लिङ गर्न थालेकी लक्ष्मी ठूलो प्रतियोगितामा सहभागी भएको २०१२ देखि हो । छोटो समयमा मिलेको ठूलो सफलतामा भने उनी खसी छन् । नेपालमा माउन्टेन बाइकिङका लागि धेरै सम्भावना भएको देखेर नै उनलाई यो विधाले लोभ्याएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC