site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नागरिकको भन्दा शासकको सुरक्षा र सुविधामा धेरै ध्यान दिने शासन प्रणाली सामन्ती हो । कारण, सामन्तहरू आफूलाई जनताका मालिक ठान्छन् । यसैले उनीहरूलाई मन लागेको गर्दा नागरिकमाथि कस्तो असर पर्छ भन्ने कहिल्यै वास्ता गर्दैनन् । नेपालका शासकहरू लोकतान्त्रिक विधिबाट चुनिएका भए पनि व्यवहारमा सामन्ती छन् । यसको स्पष्ट उदाहरण सार्वजनिक समारोह हुने दिनहरूमा काठमाडौंका सडकमा देखिने गरेको छ । राजतन्त्र छँदा सवारीका नाममा सडक बन्द गरिन्थे । राजतन्त्र गएपछि पनि ‘सवारी’ शब्दले नछाडेजस्तै सडक बन्द गर्ने प्रवृत्तिले पनि छाडेको छैन । नागरिकको सुरक्षा र सुविधा संकटमा पारेर आफ्नो सोख पूरा गर्नेको पंक्तिमा अब नेपाली सेना पनि थपिएको छ । 

शिवरात्रीका दिन नेपाली सेनाले सेना दिवस मनाउने गरेको छ । त्यस अवसरमा विभिन्न सैनिकहरूले विभिन्न कौशल देखाउँछन् । यही क्रममा  आकाशमा देखाइने कौशलको अभ्यास र प्रदर्शन गर्ने नाउँमा केही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तालिका खलबल्याउने काम भयो । दोष मौसमलाई दिइयो र धेरैमात्रामा सही पनि थियो होला । तर, मौसमका साथै सेनाको अभ्याससमेतका कारण उडान तालिका खलबलिँदा कैयौं आन्तरिक उडान रद्द भए भने कुनै पनि उडान समयमा हुनसकेन । समयमा सूचना नपाएका यात्रुहरूले पाउनुसम्म सास्ती पाए । यसरी सास्ती पाएका यात्रुले विमान सेवा कम्पनीहरूलाई सरापे । किन्तु, सबै दोष तिनको मात्रै थिएन । सेनाको अभ्यास र प्रदर्शनका कारण पनि उडान तालिकामा असर परेको थियो । त्यसरी उडान तालिकामा अनावश्यक र अनुचित हस्तक्षेप हुँदा हुने आर्थिक क्षति त छँदैछ नागरिकहरूमा पर्ने मानसिक क्षतिको कुनै मूल्य नै तोक्न सकिँदैन ।

 राष्ट्रको सुरक्षाका लागि आकस्मिकरूपमा हुने घटनामा नागरिकहरू पनि सास्ती सहन तयार हुन्छन् । हुनु पनि पर्छ । तर, कैयौं उडान अवरुद्ध  र कतिलाई आकाशमै रोकेर बस्न बाध्य पार्ने करतब नदेखाइएकै भए पनि राष्ट्रका लागि कुनै हानि हुने थिएन । त्यस्तै, राष्ट्रपति वा अरू कुनै विशिष्ट पदाधिकारीको आवतजावतका क्रममा सिंगो सहरको यातायात व्यवस्था खलबल्याएर घन्टौं सडक बन्द गर्नुको पनि कुनै तुक छैन । सामाजिक सञ्जाल र सञ्चार माध्यममै पनि सडक र आकाशमा जनताको सुरक्षा र सुविधाप्रति गरिने खेलबाडको विरोध हुनेगरेको छ । तर, बोल्नुपर्नेहरू सबै र संवेदनशीलताअनुरूप चर्चा भने भएको देखिन्छ । यस्ता गलत प्रवृत्ति औँल्याउन हिचकिचाउने हो भने सामन्ती मनोवृत्ति हुनेहरूले नागरिकलाई सधैँ हेप्ने र हेँला गर्ने गरिरहनेछन् । नेपाली सेना वा अरू कसैले पनि कुनै पनि काम गर्दा नागरिकको सुरक्षा र सुविधालाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने राज्य संयन्त्रले आत्मसात नगर्दासम्म लोकतन्त्रको उपहासमात्र हुनेछ । सम्प्रभु नागरिकको सम्मान नेपालका शासकले पनि गर्लान् भन्ने अपेक्षा गर्नु अन्यथा त नमानिएला नि !   
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC